ताजा अपडेटः

बर्राचौरको आम्बारी मा.वि.को प्रधानाध्यापकमा कमला पौडेल नियुक्त

बर्राचौरको आम्बारी मा.वि.को प्रधानाध्यापकमा कमला पौडेल नियुक्त प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार २२:३९

पर्वत । पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौेरमा रहेको आम्बारी मा.वि.को प्रधानाध्यापकमा शिक्षिका कमला पौडेल नियुक्त हुनुभएको छ ।                                                                                                                                                         यसअघि उक्त विद्यालयमा गणेश शर्मा पौडेलले प्रधानाध्यापकमा रहनुभएको थियो स्थानीय चुनाव को चर्चा सँगै अब जनताको सेवा गर्ने भन्दै पौडेलले शिक्षण पेशाबाट राजिनामा दिएर नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा चुनाव लड्नु भएको थियो अहिले उहाँ बर्राचौरको वडा अध्यक्ष हुनुहुन्छ ।
पौडेलले राजिनामा दिए सँग प्रधानाध्यापकमा पद खाली रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिको बैठकले कमला पौडेललाई प्रधानाध्यापकमा नियुक्ति गरेको छ ।