ताजा अपडेटः

द पायनियर स्कुलद्वारा विद्यालयमा गाइजात्रा र लाखे नाच प्रदर्शन

द पायनियर स्कुलद्वारा विद्यालयमा गाइजात्रा र लाखे नाच प्रदर्शन प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार १९:२९

कल्पना खरेल,नवलपरासी । ”  संस्कार सहितको शिक्षा ,आजको आवश्यकता ” भन्ने लक्ष्य सहित अगाडि बढेकाे द पायनियर सेकेण्डरी इङ्लिस बाेर्डिङ्ग स्कुलले आज  बिद्यार्थीहरुलाई  गाइजात्रा र लाखे नाच प्रदर्शन गरेकाे छ ।
देशकाे कला र संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्नुपर्छ है भन्ने ध्येयका साथ बिद्यालयको प्राङ्गणमा गाइजात्रा र लाखे नाच प्रदर्शन गरिएकाे विद्यालयका प्राचार्य कृष्णप्रसाद शर्माले बताउनुभएकाे छ ।
नेवा समुदायकाे विशेष पर्वकै रूपमा मनाइने गाई जात्रा र लाखे नाचलाई हेर्नका लागि विद्यालय परिसरमा अभिभावकको बाक्लो उपस्थिति सगै द स्पाइन मा.वि.का शिक्षक र बिद्यार्थीहरुको समेत सहभागिता रहेकाे थियाे ।
करिब २ घण्टासम्म चलेको नृत्य पश्चात् द पायनियर मा.वि.का प्राचार्य कृष्ण प्रसाद शर्माले सुनवल नेवा समुदायका अध्यक्ष घनश्याम श्रेष्ठलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गर्नुभएकाे थियाे ।
नगरपालिका भित्र एक फरक परिचय स्थापित गर्ने विद्यालयकाे प्रयासलाई विद्यार्थीहरुले खुसि हुँदै राेचकता सहित हेरेका थिए  ।



Ads