ताजा अपडेटः

सुनववलमा सुनवल डेण्टल क्लिनिक संचालनमा , विपन्नलाई निशुल्क उपचार गराइने

कल्पना खरेल
सुनववलमा सुनवल डेण्टल क्लिनिक संचालनमा , विपन्नलाई निशुल्क उपचार गराइने प्रकाशित मिति: १७ बैशाख २०८३, बिहीबार २०:२८

सुनवल, वैशाख १७ गते । सुनवलमा सुनवल डेण्टल क्लिनिक आज बिहिवारदेखि संचालनमा आएकाे छ ।
समर्पण नेपालकाे समन्वयमा एक कार्यक्रमकाे आयाेजना गरि सुनवल चाैराहामा उक्त डेण्टल क्लिनिक संचालनमा आएकाे हाे ।
पछिल्लोपटक दातका अनेकौं समस्याहरू देखिन थालेपछि अत्याधुनिक प्रविधि सहित सेवा भावले सुनवल डेण्टल क्लिनिक संचालनमा आएकाे समर्पण नेपालका निर्देशक श्याम बस्यालले बताउनुभयाे ।
आज उद्घाटनकाे दिनदेखि अबकाे २० दिनसम्म उपचार गर्न आउने विरामीलाई २० प्रतिशत छुट दिइने छ । त्यतिमात्र नभएर विपन्न विरामीलाई निशुल्क समेत उपचार गराइने व्यवस्था रहेकाे क्लिनिकले जनाएकाे छ ।
क्लिनिकमा दातकाे जरैदेखि उपचार गरिने, कृतिम दातहरू लगाइने, आरसिटि गरेर बचाउन नसकेकाे दातलाई निकाल्ने, बाङ्गाेटिङ्गाे दातलाई मिलाउने लगाईतका दातकाे विशेष कामहरू गरिने सुनवल डेण्टल क्लिनिकका निर्देशक एवं संचालक डा. विकास ढुंगानाले बताउनुभयाे ।
५ वर्षषदेखि संचालनमा रहेकाे सुनवल डेण्टल सुनवलमा मात्र नभई परासी, भुमहि , गाेपिगन्ज र वुटवलमा समेत यसकाे शाखा रहेकाे छ । हालसम्म समर्पण नेपालले दात सम्बन्धि जनचेतना अभियान देखि २० ठाउँमा दन्त शिविर समेत संचालन गरेकाे छ ।
यस डेण्टलमा अन्य दन्त शिविरबाट चेक गराएकाे विरामीसगँ रसिद भएमा उपचारमा ३० प्रतिशत छुटकाे समेत व्यवस्था रहेकाे छ ।




Ads