ताजा अपडेटः

गाउँमा उत्पादन भएको खाद्यान्न बजार पुर्याउन कृषि एम्बुलेन्स सञ्चालन गर्छौ: अध्यक्ष गुरुङ

गाउँमा उत्पादन भएको खाद्यान्न बजार पुर्याउन कृषि एम्बुलेन्स सञ्चालन गर्छौ: अध्यक्ष गुरुङ प्रकाशित मिति: ५ असार २०७९, आईतवार ११:१३

पर्वत।पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर नौनादीमा रहेको प्रगतिशील कृषि समुह लाई ४० भन्दा धेरै कृषकलाई टनेल प्लास्टिक वितरण कार्यक्रम बोल्दै पालिका अध्यक्ष परबिन गुरुङले विहादीलाई कृषि क्षेत्रमा आत्म निर्भर बनाई उत्पादन लाई आयआर्जन संग जोड्न को लागि उत्पादन लाई निर्बाहमुखी मात्र नभई ठुलो संख्यामा उत्पादन गरि बजारीकरणको लागि पालिकाले बजार व्यवस्थापन र बजारसम्म कृषकले उत्पादन गरेको खाद्यान्न लैजान पालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने बताउनु भयो ।

पछिल्लो समय विहादीमा अन्य पेशा भन्दा कृषि पेशामा धेरैको रुचि बढ्दै गएको देखिन्छ । प्रगतिशील कृषि समूह नौनादीका सचिब युवा कृषक बिष्णु गिरीले भने भारतमा लामो समय काम गरे तर त्यो काम भन्दा गाउँमै केही गर्नुपर्छ भनेर कृषि पेशामा लागे अहिले मलाई घरपरिवार सँगै बसेर राम्रै आम्दानी भएको छ र परिवारपनि खुशी हुनुहुन्छ सँगै रहेर काम गर्ने पाउदा भनेर बताए ।

उक्त समुहका कृषकलाई केही दिन अघिमात्र सम्पन्न भएको गोलभेँडा बाली सम्बन्धित तालिम बाली संरक्षण प्रयाेगशाला पाेखरा को आयोजना प्रगतिशील कृषक समूह विहादी -२ बराचौर को आयोजना मा गोलभेंडा बालिमा संचालित IPM कृषक पाठशाला समापन गरेको थियो ।

कार्यक्रम १६ हप्ता चलेको थियो उक्त कार्यक्रममा कृषकलाई खेतमानै गएर विहादीका अगुवा कृषक ऋषिराम भुसालले तालिम दिएका थिए ।



Ads