ताजा अपडेटः

नेकपा सुनवलकाे पार्टी एकता तथा सन्देश सभा कार्यक्रम सम्पन्न

कल्पना खरेल
नेकपा सुनवलकाे पार्टी एकता तथा सन्देश सभा कार्यक्रम सम्पन्न प्रकाशित मिति: १२ पुष २०८२, शनिबार १९:२४

सुनवल , पुष १२ गते । नेपाल कम्युनिस्ट पार्टी सुनवल नगर कमिटीकाे आयाेजनामा आज सनिवार पार्टी एकता तथा सन्देश सभा कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम सुनवल नगर कमिटी संयोजक मोहन कार्कीको अध्यक्षता एवं पूर्व शिक्षामन्त्री देबेन्द्र पौडेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
उक्त एकता तथा सन्देश सभा कार्यक्रममा बाेल्दै पूर्व शिक्षामन्त्री पाैडेलले जेनजी आन्दाेलनकाे मुद्वा पटक- पटक नेपाल कम्युनिस्ट पार्टीले उठाउदै आएकाे मुद्वा भएकाे बताउनुभयाे । उहाँले स्थायी सरकार, भष्ट्राचारकाे अन्त्य , प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र सुसासनयुक्त समाज हामीले देखेकाे सपना भएकाेले जेनजी सगँ मिलेर अगाडि बढ्न तयार रहेकाे बताउनुभयाे ।
पूर्व मन्त्री पाैडेलले यसबेला देशकाे राष्ट्रियता , सार्वभौमता र देशकाे अखण्डता संकटमा रहेकाेले देशभक्तहरू , गणतन्त्रबादीहरू र लाेकतन्त्रबादीहरू सबै एक ठाउँमा उभिन आग्रह गर्नुभयाे । यसैगरी पूर्वमन्त्री एवं पार्टी केन्द्रीय सदस्य घनश्याम यादवले बिगतमा भएका कमिकमजाेरीबाट आत्मालोचना गर्दै सच्चिएर अगाडि बढ्न तयार रहेकाे बताउनुभयाे । उहाँले संकटकाे यस घडिमा सम्पूर्ण बामपंथी संगठनहरूलाई जुटेर अगाडि बढ्न सुझाब दिनुभयाे ।
साेहि क्रममा पार्टीका केन्द्रीय सदस्य बृहस्पति अधिकारीले समाजबाद उन्मुख समाजकाे निर्माण गर्दै देशलाई साम्यवाद तर्फ लैजान कम्युनिस्ट पार्टीहरू एक हुनु जरूरी रहेकाे बताउनुभयाे ।
कार्यक्रममा सुनवल वडा नम्बर ९ बाट १५ जनाले अन्य संगठन परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए । नगर कमिटी उपाध्यक्ष समीक्षा बरालकाेे संचालन र प्रदेश कमिटी इन्चार्ज नारायण आचार्यले स्वागत रहेकाे कार्यक्रमकाे समुद्वघाटन सहिद परिवारलाई सम्मान गरेे गरिएकाे थियाे ।




Ads