ताजा अपडेटः

नवलपरासीमा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सफल हुँदै

नवलपरासीमा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सफल हुँदै प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार १०:२०

ज्ञानेश्वर सहानी, परासी ।

 

पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्ला भित्र ४९७ बाट कार्यक्रम सफल परेको छ । प्रहरीले शान्ति र स्थायित्वका लागि ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ शुरु गरेको अभियानलाई कार्यान्वयन जनचेतनामूलक कार्यक्रम गरेको हो ।

जिल्ला प्रहरी कार्यालय का सुचना अधिकारी भोजराज पाण्डेले समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सफल हुँदै बताउनुहुन्छ । विकास र सुरक्षाको अन्तनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास प्रहरीले लिएको पाण्डेले बताउनुभयो ।
प्रहरीले अभियानलाई तीव्रताका लागि सञ्चालन गर्न विभिन्न चरणमा ४ सय ९७ ठाउँ मा अभिभावक विधाथी , शिक्षक शिक्षीका , अामा समूह ,प्रहरी कर्मचारीलाई चेतनामुलक तालीम प्रदान गरिसकेको छ ।

जिल्लाभित्रका ७ वटै स्थानीय तहमा कार्यक्रम लैजाने लक्ष्यका साथ अगाडि सारिएको अभियानमा हालसम्म ७ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको सुचना अधिकारीपाण्डेले बताउनुभयो ।

अभियान सञ्चालन गरेसँगै प्रहरीले फरार अभियुक्तको खोजी गर्नसमेत सहज भएको छ । २३६ जना फरार अभियुक्तलाई पक्राउ गरिसकेको छ भने आर्थिक वर्ष २०७९/८० मा प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका १०३८ उजुरी मध्ये ७ सय ५१ वटा उजुरी फर्स्यौट गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय का सुचना अधिकारी भोजराज पाण्डेले जानकारी गरेका छन् ।

यसअघि प्रहरीले ‘सामुदायिक प्रहरी’को नामले कार्यक्रम चलाएको थियो, त्योभन्दा पृथक अवधारणा साथ ल्याइएको ‘समुदाय प्रहरी साझेदारी’ अभियान छोटो समयमै देशभर फैलियो ।

समुदायसँग बसेर विकृति र विसंगसतिसँग लड्दै अपराध न्यूनीकरण गर्नमा यो कार्यक्रम प्रभावकारी ठहरिएको छ ।

नेपाल प्रहरी र स्थानीय तहबीच समझदारी गरेर साझा संयन्त्र मार्फत् सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न समुदाय प्रहरी साझेदारीको अवधारणा ल्याइएको जिल्ला प्रहरी कार्यलायका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए ।

 

नेपाल प्रहरीले अहिले हासिल गरेको कार्यकुशलता र जनविश्वाशमा समुदाय प्रहरी साझेदारी कार्यक्रमको ठूलो योगदान रहेको मानिन्छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमलाई प्रहरीले टोलटोलसम्म पुर्‍याएको छ। यो अभियान विद्यालयसम्म पनि पुगेको छ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमलाई प्रहरीले टोलटोलसम्म पुर्‍याएको छ। यो अभियान विद्यालयसम्म पनि पुगेको छ।

सिमा क्षेत्रको अपराधिक गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि सुरक्षित नवलपरासी अभियान’सुरु गरिएको थियो ।
अपराधहरुको प्राथमिकीकरण गर्दैै योजना तयार गरि काम गरेको थियो । जसका लागि सुरक्षित र अपराधरहीत नवलपरासीका लागि विभिन्न उच्च अपराधको प्राथमिकीकरण गरिएको थियो ।
सूचना अधिकारी पाण्डेयका अनुसार सरोकारवालाहरुको समन्वयमा अपराधको प्राथमिकीकरण गरि अपराधिक गतिविधि नियन्त्रण तथा न्यूनीकरणका लागि योजना बनाएको थियो ।यहाँको मुख्य समस्या लागुऔषध दुव्र्यसन तथा औसारपसार हो । लागुऔषध दुव्यर्सन तथा ओसारपोसार रोक्न समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना फैलाउने, आपूर्ति रोक्ने, सेवनकर्तालाई मनोसामाजिक परामर्श र लागुऔषधविरुद्ध सचेतना कार्यक्रम अगाडि बढाएको छ ।

त्यसैगरी यहा बिकराल समस्याको रुपमा आत्महत्या रहेको उनले बताए । आत्महत्या रोकथामका लागि विशेष अभियान सञ्चालन गरेको उनले बताए ।

यसैगरी महिला तथा बालबालिकाविरुद्ध अपराधलाई मुख्य प्राथमिकता दिएर प्रहरीले त्यसका लागि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना र शून्य सहनशीलता अपनाउने काम छ । यस्तै साइबर अपराध न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना र सामाजिक सञ्जाल प्रयोगमा सचेतना बढाउने बिधालयहरु मा सचेतना कक्षा चलाएको थियो।

यहाँ ठूलो समस्याको रुपमा सवारी दुर्घटना रहेको पाण्डेले बताएका छन् । दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा योजना, सडक सुरक्षा सचेतना र योजनबद्ध ट्राफिक चेकिङ र मादक पदार्थ सेवन (मापसे) चेकिङलाई प्राथमिकता दिइएको उनले बताए। आत्महत्या, सवारी दुर्घटना, चोरी तथा चोरी निकासी, साइबर अपराध लागुऔषध दुव्यर्सन तथा ओसारपोसार र महिला तथा बालबालिकाविरुद्ध अपराधलाई मुख्य अपराध सूचकका रुपमा रहेको हुदा त्यसको न्युनिकरणको लागि जिल्लामा व्यापक रुपमा सचेतना कार्यक्रम गरेको छ ।

फरार अपराधि पक्राउमा पोहोर आबको तुलनामा ३९ प्रतिशतले बढी फरार अपराधी पक्राउ गरेको छ । त्यत्तिकै मात्रामा जरिवाना पनि असुल उपर गराएको छ ।

यस्तै आम नागरिक र प्रहरी बिचको सम्बन्ध समुधुर बनाउनु पर्छ भनेर जिल्ला प्रहरी कार्यालय नवलपरासीले समुदाय प्रहरी साझेदारी अभियानलाई जिल्लाभरमा निरन्तर लागु गरिएको उनले बताए । यस्तै जिल्ला प्रहरी कार्यालय नवलपरासीले घरेलु हिंसा पिडितसंग घरदैलो कार्यक्रम समेत गरेर उनिहरुलाई शान्तिपुर्ण तवरले बस्ने वातावरणको समेत प्रत्याभुत दिलाएको र आगामी दिनमा थप प्रभावकारी रुपमा कार्य गरिने जिल्ला प्रहरी कार्यलायका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए।



Ads