फागुन २२, नवलपरासी । सुनवल-२, खुटहट आधारभूत स्वास्थ्य सेवा केन्द्र पश्चिम नवलपरासीमा बहिरंग उपचार सेवा केन्द्र संचालनमा आएकाे छ ।
शिघ्र कुपोषणकाे एकीकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत आज बिहीबारदेखि शिघ्र कुपोषणको उपचारका लागि बहिरंग उपचार सेवा केन्द्र संचालनमा आएकाे हाे ।
सुनवल नगरपालिकाकाे आयाेजना र वेस नेपालकाे सहयाेगमा संचालित बहिंरग उपचार केन्द्रमा ६ महिना देखि ५९ महिना सम्मकाे बालबालिकाकाे ताैलकाे जाँच गर्नेदेखि मुआग स्किनिङ माध्यमबाट बायाँ पाखुराकाे मध्य भागकाे नाप गरि कुपोषण जाँच गर्ने गरिन्छ ।
जस अन्तर्गत ११५ एम.एम भन्दा कम कडा शिघ्र कुपोषण , ११५ देखि १२५ एम.एम. सम्मकाे मध्यम शिघ्र कुपोषण र १२५ एम.एम.भन्दा माथि भएमा स्वस्थ्य बालबालिका मान्ने गरिन्छ ।
पश्चिम नवलपरासीमा रहेका २१ हजार बालबालिका मध्ये हालसम्म १६ हजार बालबालिकाकाे स्किनिङ गर्दा ८ सय बालबालिकामा मध्यम शिघ्र कुपोषण देखिएकाे छ भने ४० जनामा कडा शिघ्र कुपोषण देखिएकाे छ ।
यसैगरी सुनवलमा रहेकाे ४ हजार ७ सय बालबालिका मध्ये आजसम्म २ हजार २ सय बालबालिकाकाे स्किनिङ गर्दा ७७ जना बालबालिकालाई मध्यम शिध्र कुपोषण देखिएकाे वेस नेपालका कार्यक्रम संयाेजक शालिकराम पाेख्रेलले जानकारी दिनुभयाे ।
जिल्लाकाे ७६ आधारभूत स्वास्थ केन्द्र मध्ये ४३ वटा आधारभूत स्वास्थ केन्द्रमा बहिरंग उपचार सेवा केन्द्र संचालनमा आएकाे छ भने सुनवलकाे १३ वटा आधारभूत स्वास्थ केन्द्र मध्ये ७ वटा स्वास्थ केन्द्रमा सेवा विस्तार भएकाे कार्यक्रम संयाेजक पाेख्रेलकाे भनाई छ ।
सुनवल वडा नम्बर २ मा पाेषण स्थिति नाप्ने कार्य ३ दिन संचालनमा रहने छ ।