ताजा अपडेटः

रास्वपा नवलपरासीको सभापतिमा रवि पाण्डे निर्विरोध

कल्पना खरेल
रास्वपा नवलपरासीको सभापतिमा रवि पाण्डे निर्विरोध प्रकाशित मिति: २४ जेष्ठ २०८३, आईतवार १८:११

नवलपरासी  जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासीको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट जिल्लाका कार्यबाहक सभापति रवि पाण्डे निर्विरोध निर्वाचित भएका छन्  ।
भने सहसचिवमा राकेश कुमार गुप्ता निर्विरोध भएका छन् । अध्यक्ष र सह सचिव दुवै पदमा एकल उम्मेदवारी परेको थियो ।


गत निर्वाचनको मुखैमा रास्वपाका तत्कालीन जिल्ला सभापति महेन्द्र सेन ठकुरी नेपाली काङ्ग्रेस प्रवेश गरेपछि पाण्डेले कार्यबाहक सभापतिको रुपमा पार्टीलाई चलायमान बनाउँदै आएका थिए ।

त्यसैगरी सहमतिमा सचिवमा अमरनाथ पाठक निर्वाचित भएका छन् भने सदस्यहरूकाे गाेलाप्रथाद्वारा निर्वाचन गरिने सहमति भएकाे छ । रास्वपाका सांसदहरु सागर ढकाल, श्रद्धा कुंवर, बिक्रम खनाल र नरेन्द्र गुप्तालगायतको उपस्थिति रहेको छ ।

 

 




Ads