कल्पना खरेल
प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार १८:३९ नवलपरासी , फागुन २९ गते । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य नरेन्द्र कुमार गुप्ताले जिल्लामा रासायनिक मलकाे आपूर्ति तथा वितरण प्रक्रियालाई छिटाे छरिताे गर्न सुझाव दिनुभएकाे छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालकाे संयाेजकत्वमा जिल्लामा रासायनिक मलकाे आपूर्ति वितरण सम्बन्धमा बसेकाे बैठकमा बाेल्दै उहाँले यस्ताे सुझाव दिनुभएकाे हाे ।
चालु आ.व.०८२।०८३ का लागि छुट्टाइएको रासायनिक मल कृषि सामाग्री कम्पनी लि. नवलपरासीको गोदाममा मौज्दात रहेकोले प्रकृया पुर्याएर बिक्री वितरणकाे व्यवस्था मिलाउनुुपर्ने उहाँको भनाई थियाे ।
कृषि सामाग्री कम्पनी लि. मा यतिबेला
युरिया ५०० मे.ट., डि.ए.पि. २०० मे.ट., पोटास ३०० मे.ट. र कृषि चुन ३० मे.ट. माैैज्दात रहेकाे छ ।

जिल्लाकाे सातै वटा स्थानीय सरकार, कृषि सामाग्री कम्पनी लि सगैकाे बैठकले स्थानीय तह र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशसँगको समन्वयमा यथासिघ्र कृषि सामाग्री कम्पनी लि. ले विक्री वितरणको व्यवस्था मिलाउने निर्णय समेत गरेकाे छ ।
जिल्लामा ८ हजार ४८० हेक्टरमा धानखेती हुँदै आएपनि माग अनुरूप आपूर्ति नहुदा हालसम्म जिल्लाका किसानहरू भारतीय सिमावर्ती बजारकाे भर पर्नुपर्ने बाध्यता थियाे ।
गत वर्षको तथ्याङ्क अनुसार ३० हजार मेट्रिक टन मल खरिद भएकोमा पाँच हजार ५६२ मेट्रिक टन ‘बफर कोटा’ मा राखिएको थियो। यो करिब एक लाख ११ हजार २४० बोरा हुन आउँछ।