ताजा अपडेटः

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकामा कपडा बैंक स्थापना

कल्पना खरेल
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकामा कपडा बैंक स्थापना प्रकाशित मिति: १८ जेष्ठ २०८२, शनिबार ०९:५४

नवलपरासी पश्चिम, जेठ १७ गते । नवलपरासी पश्चिमस्थित सुस्ता गाउँपालिकामा कपडा बैंकको स्थापना गरिएको छ । सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले अतिविपन्न लक्षित कार्यक्रम अन्तर्गत “स्थानिय सरकार सधै स्थानियबासीसगँ ”भन्ने लक्ष्य सहित कपडा बैंक संचालनमा ल्याइएको बताउनुभयो ।
यस मार्फत पुराना प्रयोगमा नआएका कपडा, जुत्ता, झोला र किताबलाई संकलन गरी प्रशोधन गरेर आवश्यक व्यक्तिलाई निशुल्क रुपमा कपडा वितरण गरिनेछ । त्यसैले गाउँपालिका अध्यक्ष उपाध्यायले आफ्‌ना पुराना कपडाहरु, कपडा बैंकमा जम्मा गरी पर्यावरणमा पर्ने नकारात्मक असरलाई समेत न्यूनीकरणका लागि सहयोग गर्न स्थानियबासीलाई आग्रह गर्नुभयो ।
स्थानिय सरकारको कपडा बैकंको स्थापना र जनसमुदायको हातेमालोले गरीबी निवारणमा टेवा पुग्ने विश्वास लिईएको छ । सुस्ता गाउँपालीकाको समन्वय र क्लोथ एण्ड फूड बैंक नेपालको आयोजनामा कपडा बैंक संचालनमा ल्याइएको कपडा बैंकका संचालक कमल जि.सी.ले बताउनुभयो ।
एक कार्यक्रमका विच पालिका परिसरमा राखिएको संकलन बक्स खोली बैंकको शुभारम्भ गरिएको हो । पुराना कपडालाई प्रशोधन गरेर आवश्यक व्यक्तिलाई निशुल्क रुपमा कपडा दिने उदेश्यले कपडा बैंकको स्थापना गरिएको सुस्ता गाउँपालिकाले बताएको छ ।




Ads