ताजा अपडेटः

भारतीय प्रहरीलाई मिल्यो सफलता,को थिए चिनिया नागरिक

भारतीय प्रहरीलाई मिल्यो सफलता,को थिए चिनिया नागरिक प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार २२:५१

 

प्रदिप न्यौपाने ,धनगढी । चीन र भारतको सम्बन्ध खासै राम्रो छैन । यसैक्रमा आईतवार चीनका नागरिक वान नेपाली भाषा नजान्दा धनगढी स्थित गौरीफन्टा नाकामा समातियका छ्न् ।

नेपाली भाषा जानेकाे भएउनी सजिलै सिमा नाका पार गरि नेपाल आउन सफल हुनेथिए । उता उनलाई समातेपछि उनकाे प्रमाण खाेजी गर्दै भारतीय खुफिया बिभागले छानबिन गरी राखेको छ।

अचम्म लाग्दाे यहाँ छ कि, उनी भारत कसरी आय? उनी सगँ भिसा पनि छैन। जसका कारण भारत प्रवेश पछि उनको क्रियाकलाप भारत प्रहरी गम्भीरता पुर्बक जाँच गरिरहेको छ।

वाङ टुरिष्ट भिसा लियर नेपाल आएका थिए । यसैक्रममा उनी भारत प्रवेश गरेका थिए । तर उनलाई समात्न सकेन भारतीय प्रहरी । जब वाङ नेपाल फर्के तब उनी चेक जाच गर्ने क्रममा भारतीय सिमा सुरक्षा बल एसएसबी जवानले उनलाई समात्न सफल भयो।

उनी धेरै भारतीय नागरिक सङ भेटघाट भएको भारत प्रहरीको दाबी छ। यो घटनामा पुलिस कप्तान आइतबार राती सम्म गौरीफन्टा नाकामा पुगेका थिए । आखिर के थियो वाङको पछाडिको रहस्य ?



Ads