ताजा अपडेटः

नेपाल मगर संघ लङ्घालि परिवारकाे वार्षिक साधारण सभा सम्पन्न

नेपाल मगर संघ लङ्घालि परिवारकाे वार्षिक साधारण सभा सम्पन्न प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार १८:२०

सुनवल । नेपाल मगर संघ लङ्घालि परिवार वडा नम्बर १ र ६ को १५ औ वार्षिक साधरण सभा सस्थांको बौद्ध बिहार सोमनाथमा सम्पन्न भएको छ ।

सस्थांका अध्यक्ष बुद्धि प्रसाद थापा मगरको अध्यक्षता तथा नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेशका उपाध्यक्ष एवम् वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सस्थांको प्रगति प्रतिबेदन सस्थांका अध्यक्ष बुद्धि प्रसाद थापाले प्रस्तुत गर्नुभएको थियाे ।


भने आर्थिक प्रतिबेदन सस्थांका कोषाध्यक्ष टीकाजित थापाले प्रस्तुत गर्नु भएको थियो ।

सस्थांको कुल शेयर पूजि ६६ लाख ५७ हजार ५७३ रहेको छ । वार्षिक साधरण सभाको कार्यक्रममा संस्थाको त्रस निर्माण गर्दा आर्थिक सहयोग गर्ने सेयर सदस्य उर्मिला राना, धन कुमारी राना, अमृता बुढाथोकी, हेम बहादुर थापा लगाएतलाई कदर पत्र द्वारा सम्मान गरिएको थियो भने नवनिर्माण गरिएको संस्थाको ट्रस भवनको र नया जडान खानीपानी धाराको प्रमुख अतिथि द्वारा रिबन काटेर उद्घाटन गरिएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले आज भन्दा १२ बर्ष अगाडि यहि संस्थाको नेतृत्व गर्दै अहिलेसम्म पाएकाे सफलतामा यस संस्थाले खेलेको भुमिका प्रति धन्यवाद व्यक्त गर्नुभयाे ।
साथै यश संस्थालाई आफुले गर्नु सक्ने सहयोग सदैव गर्ने प्रतिबद्द्ता समेत व्यक्त गर्नुभयाे ।


समितिका उपाध्यक्ष अम्बिका देवि थापा मगरकाे स्वागत मन्तव्य र समितिका सचिब सिमा थापा मगरकाे संचालन रहेकाे कार्यक्रममा आदिवासी जनजाति महासंघका नगर अध्यक्ष हेम बहादुर थापा मगर, बिसासय सामुदायिक बन उपभोक्ता समुहको उपाध्यक्ष तारा देवि थापा मगर, संस्थाका पुर्ब सचिब मन बहादुर थापा मगर,धन कुमारी राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads