ताजा अपडेटः

खेलाडीलाई लुम्बिनी चिनि उद्योगद्वारा सम्मान

कल्पना खरेल
खेलाडीलाई लुम्बिनी चिनि उद्योगद्वारा सम्मान प्रकाशित मिति: २ श्रावण २०८२, बिहीबार २०:५५

सुनवल, साउन १ गते । पहिलो पटक नवलपरासी पश्चिम स्थित सुनवलमा रहेको लुम्बिनी चिनि उद्योगले खेलाडिलाई सम्मान गरेको छ । श्रीलङ्काको कोलम्बोमा जुलाई २ देखि ७ तारिखसम्म आयोजना भएको नवौँ दक्षिण एसियाली कराते प्रतियोगितामा सहभागि दुइ खेलाडिलाई उद्योगले सम्मान गरेको हो । सम्मानित हुनेमा १८ वर्षमुनिको कुमुतेतर्फका खेलाडी आयुष सुनार र १४ वर्षमुनिको कातातफर्का खेलाडी सञ्जित कर्माचार्य रहेका छन् ।
सम्मान कार्यक्रममा बोल्दै चिनी उद्योगका प्रबन्धक निर्देशक टेकबहादुर पुनले खेलाडिहरु राष्ट्रकै गहना भएको भन्दै उनीहरुको हौसला प्रदान गर्ने उद्देश्यले सम्मान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उद्योगको सिइओ केशव आचार्यले यहाँका स्थानियले राखेको चिनीमिलको प्रदुषणको गुनासोलाई कम गर्न उद्योगले नयाँ प्रविधिहरु जडान गरेको जानकारी गराउनुभयो ।
त्यसैगरी उहाँले यस क्षेत्रको हितलाई सर्वोपरि राखेर वातावरण स्वच्छ राख्न हर संभव प्रयासरत रहेको भन्दै सबैको साथ र सहयोगको अपेक्षा समेत रहेको बताउनुभयो । सोहिँ क्रममा बोल्दै सुनल नगरप्रमुख बिमला अर्यालले स्थानिय सरकार खेललाई प्राथमिकतामा राख्दै १ वडा १ खेल मैदानको लक्ष्य सहित वडा अध्यक्ष कप , मेयर कप, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, खेलाडि सम्मान जस्ता खेलका विविध विधामा काम गर्दै गर्दै आएकोे बताउनुभयो ।
सोहि क्रममा अन्तर्राष्ट्रिय रेफ्री ऋषि पौडेल र कमला रानाले आफ्‌ना अनुभव सगैँ खेलको महत्वका बारेमा आफ्‌ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नगरप्रमुख, वडा अध्यक्ष, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि,सामाजिक व्यक्तित्वहरू सगैँ पत्रकारको समेत उपस्थिति रहेको थियो।




Ads