ताजा अपडेटः

सुनवल नगरपालिकाले मनायाे ११४ ओै अन्तर्राष्ट्रिय महिला दिवस

सुनवल नगरपालिकाले मनायाे ११४ ओै अन्तर्राष्ट्रिय महिला दिवस प्रकाशित मिति: २४ फाल्गुन २०८०, बिहीबार २३:१६

कल्पना खरेल,नवलपरासी । सुनवल नगरपालिकाले आज बिहीबार  ११४ ओै अन्तरास्ट्रिय महिला दिवसकाे अवसरमा  सम्मान तथा प्राेत्साहन कार्यक्रम सम्पन्न गरेकाे छ । “महिलामा लगानी : सभ्य र समुन्नत समाजकाे थालनी ” भन्ने नारा सहित आयाेजित कार्यक्रममा पम्प्लेट सहित हजाराै महिला दिदिबहिनीहरूले सुनवल चाैराहामा र्यालि निकालेका थिए ।
नगरप्रमुख विमला अर्यालकाे अध्यक्षता तथा नेपाली काग्रेंस नेता तथा पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा १३ जना विपन्न, गरीव, असहाय, एकल तथा जोखिममा परेका महिलाहरूको सीपलाई प्रोत्साहन र जीविको पार्जनलाई लक्षित गरी सामान हस्तान्तरण गरिएकाे थियाे ।
त्यसैगरी नगर भित्र अटो रेक्सा चलाई स्वोरोजगारलाई बढावा दिने महिलालाई प्रशंसा पत्र तथा दोसल्ला ओडाई सम्मान समेत गरिएकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कण्डेलले इतिहासलाई विर्सन नहुने भन्दै जहिलेपनि अधिकारका लागि सांगठनिक लडाइ आवश्यक रहेकाे तर्क राख्नुभयाे । उहाँले चुनावमा जुनपार्टिबाट उमेद्वारी दिएपनि जितेपछि सबै जनताकाे साझा हुनुपर्ने भएकाेले  सबैलाई समान दृष्टिकोणले हेर्न आग्रह गर्नुभयाे ।
उता नगरप्रमुख अर्यालले महिलालाई हरेक क्षेत्रमा समान अधिकार नितिगत रूपमै व्यवस्था नभए सम्म समानता सुनिश्चित हुन नसक्ने  धारणा राख्नुभयाे । महिलाका क्षेत्रमा रहेर स्थानीय सरकारले महिला विद्यालय, मेयरसगँ महिला,महिला नेतृत्व विकास , महिलालाई सिपसगँ जाेडि आत्मनिर्भर गर्ने खालका कार्यक्रमहरू ल्याएकाे समेत जानकारी दिनुभयाे ।
महिला बालबालिका तथा जेष्ठ नागरिक उपशाखा प्रमुख
केसरी गैरे काे संचालन र नगर उपप्रमुख सुर्य प्रसाद दुवेकाे स्वागत रहेकाे कार्यक्रमा पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, नगर प्रवक्ता कृष्णप्रसाद बगाले,नेकपा एमाले नगर अध्यक्ष दुर्गा नारायण सुवेदी , सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष सारदा पाेखरेल,अन्तरपार्टि महिला संजालकाे अध्यक्ष टिचन गुरूङ,  ,राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष शाेभा ढकाल ,सुनवल सिकाई केन्द्रका अध्यक्ष उमानाथ पाेखरेल, समाजसेवी डा. श्यामप्रसाद न्याैपाने, समाजसेवी  देवी घिमिरे,भरत पाण्डे,प्रतिभा कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
भने लुम्बिनी समता महिला विद्यालयका विद्यार्थीहरूले गित,नृत्यप्रस्तुत गरेका थिए ।



Ads