ताजा अपडेटः

प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.काे आर्थिक बर्ष ०८०/०८१ मा  करिब २२ लाख शुद्व मुनाफा

कल्पना खरेल
प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.काे आर्थिक बर्ष ०८०/०८१ मा  करिब २२ लाख शुद्व मुनाफा प्रकाशित मिति: October 19th, 2024

कार्तिक ३, नवलपरासी । प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि. सुनवल ९, पश्चिम नवलपरासीले आर्थिक बर्ष २०८० / ०८१ मा रू २१ लाख ८१ हजार १ सय ९९ रूपैया बराबरकाे शुद्व नाफा गरेकाे छ ।
आज सनिवार संस्थाकाे  १८ ओै वार्षिक साधारणसभामा अध्यक्षकाे वार्षिक प्रतिबेदन सार्वजनिक गर्दै अध्यक्ष तुलसी कुमारी कुंवरले साे रकम बराबरकाे शुद्व नाफा रहेकाे जानकारी गराउनुभयाे ।
साेहि क्रममम सचिवकाे प्रतिवेदन सार्वजनिक गर्दै  सचिव भवानी शंकर ज्ञवालीले रू. १० कराेड ५३ लाख ५५ हजार ८ सय ३३ रूपैया कुल पूँजी, रू. १ कराेड २ लाख १८ हजार ५ सय शेयर पूँजी रहेकाे जानकारी गराउनुभयाे ।
संस्थाकाे  हालसम्म जम्मा निक्षेप रकम रू. ८ कराेड, ७० लाख १४ हजार ४ सय ८८ रहेकाे छ भने रू. ७ कराेड ९८ लाख ४७ हजार ४ सय ९७ ऋण गलानी रहेकाे छ ।
सुनवल नगरपालिका कार्यक्षेत्र रहेकाे प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.मा महिला ५५० जना, पुरूष ४५४ जना , बाल बचतकर्ता २३३ जना, बालक १२९ जना र बालिका १०४ जना गरि जम्मा १ हजार ४ जना सदस्य संख्या रहेका छन् ।
उपाध्यक्ष  एवं ऋण संयाेजक मुक्तिराम पराजुलीकाे स्वागत र सचिव भवानी शंकर ज्ञवालीकाे संचालन रहेकाे कार्यक्रममा
काेषाध्यक्ष शिबु न्याैपाने चापागाईंले काेषाध्यकाे प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे
संस्थाकाे अध्यक्ष तुलसी कुमारी कुंवरकाे अध्यक्षता तथा  सुनवल नगरपालिकाकाे नगर प्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यता रहेकाे साधारणसभामा नगर उपप्रमुख सूर्यप्रसाद दुवे, संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयाेजक राममचन्द्र भण्डारी,  लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष लेखनाथ खरेल, नेपाल बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ सहायक नेत्र सापकाेटा लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।




Ads