ताजा अपडेटः

देशभर पाँच लाखभन्दा धेरै एसईईमा सहभागी / नवलपरासीमा मात्र ५४ सय भन्दा बढिले एसईई दिदै ।

देशभर पाँच लाखभन्दा धेरै एसईईमा सहभागी / नवलपरासीमा मात्र ५४ सय भन्दा बढिले एसईई दिदै । प्रकाशित मिति: १५ चैत्र २०८०, बिहीबार ०७:५५

कल्पना खरेल, नवलपरासी ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबार बिहान ८ बजेदेखि देखि शुरु हुँदैछ । ११ बजेसम्म संचालन हुने एसईईकाे  आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिंदैछन् ।  राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आउँदो २७ गतेसम्म सञ्चालन हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुँदैछन् ।
भने शिक्षा विकास तथा समन्वय इकाइ परासीका अनुसार नवलपरासीमा  निजि तथा संस्थागत विद्यालय गरि १ सय २१ विद्यालयका ५४ सय ४६ जना विद्यार्थी परीक्षामा सहभागी हुने बताइएकाे छ ।
जसअन्तर्गत छात्र तर्फ कुल २७ सय ५८ र छात्रा तर्फ २६ सय ८८ परीक्षामा सहभागी हुने छन् भने साधारण तर्फ ४९ सय ९८ जना प्राविधिक धार तर्फ १ सय ६० जना र ग्रेडवृद्धि तर्फ २ सय ८८ जना विद्यार्थी एसइईमा सामेल हुने छन् ।
देशभर दुईं हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएकोमा नवलपरासीमा २२ ओटा परीक्षा केन्द्र तोकिएको छ । यसपटक एसईईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरेका छन् । यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली पनि लागू हुँदैछ । जसमा कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनैपर्छ ।  सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन ।
दुईं विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडिवृद्धि परीक्षा दिन पाउनेछन् । दुईंभन्दा बढी एनजी आए अर्काे वर्ष मात्रै ती विषयको परीक्षा दिनुपर्नेछ । यसअघि सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर न्यूनतम ३५ प्रतिशत अङ्क नल्याए विद्यार्थीले ग्रेड प्राप्त गर्ने व्यवस्था थियो ।
२०७६ देखि विद्यालय तह कक्षा १ देखि १२ मा नयाँ पाठ्यक्रम लागू भएसँगै मूल्याङ्कनमा पनि पाठ्यक्रम विकास केन्द्रले नयाँ ग्रेडिङ प्रणाली लागू गरेको हो ।



Ads