ताजा अपडेटः

पृथ्वीनारायण शाहकाे ३०१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरि देशभर मनाइँदै

पृथ्वीनारायण शाहकाे ३०१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरि देशभर मनाइँदै प्रकाशित मिति: २७ पुष २०७९, बुधबार ०७:२५

परासी।पृथ्वीनारायण शाहकाे ३०१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरि देशभर मनाइँदै छ । हरेक वर्ष पुस २७ गते पृथ्वीजयन्ती मनाउने गरीन्छ ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो ।
पृथ्वीनारायणको मृत्युपश्चात उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौ उपत्यका विजय हासिल गर्नुभएको थियो ।

नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।

साेहि विजय उत्सवलाई स्मरण गराउदै उहाँको जन्मजयन्तीका अवसरमा आज राष्ट्रिय एकता दिवस मनाइन्छ । सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।



Ads