नवलपरासी । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपरासीको आयोजनामा तथा प्रतापपुर गाउपालिका समन्वय परिषदको ब्यबस्थापनमा प्रतापपुर गाउपालिका वडा नम्बर ९ मा अवस्थित रेडक्रसमा सनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
२९ औ विश्व आदिवासी दिवसको अवसरपारि जिल्ला समन्वय परिषद नवलपरासीका अध्यक्ष तारा राना मगरको अध्यक्षतामा सुनवल ,वर्दघाट, सरावल, सुस्ता र प्रतापुर गरि ३० जना रक्तदाताहरुले रक्तदान गरेका हुन् ।
उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष एवम् सल्लाहकार देवराज चौधरी सल्लाहकार एवम वडा अध्यक्ष मन बहादुर थापा मगर सल्लाहकार मोहन चौधरी, दिल बहादुर थापा, मिलन तमु धन प्रसाद गुरुङ, गौरी थापा, प्रमोद कुसुदिया, खिर नारायण चौधरी लगाएत स्थानीयको उल्लेखनीय उपस्थिति रहेको जिल्ला समन्वय परिषदका सल्लाहकार मन बहादुर थापा मगरले जानकारी दिनुभयो ।
२९ औ विश्व आदिवासी दिवसको अवसरमा यहि श्रावण २२ गते बर्दघात वडा नम्बर ४ मा अवस्थित नवानिर्मित कार्यलय भवन परिसरमा वृक्षारोपण र श्रावण २४ गते बर्दघाटमा लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्बधार बिकास मन्त्री माननीय धर्मराज चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने बताएको छ ।