ताजा अपडेटः

पश्चिम नवलपरासी क्षेत्र नं.२ मा एमालेका उम्मेदवार लेखनाथ खरेल जित नजिक

कल्पना खरेल
पश्चिम नवलपरासी क्षेत्र नं.२ मा एमालेका उम्मेदवार लेखनाथ खरेल जित नजिक प्रकाशित मिति: १७ फाल्गुन २०८२, आईतवार १५:३२

नवलपरासी, १७ फागुन । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पश्चिम नवलपरासी क्षेत्र नं. २ मा नेकपा (एमाले) का उम्मेदवार लेखनाथ खरेल जितको संघारमा पुगेको चर्चा हुन थालेको छ । सुरुमा अपेक्षाकृत कमजोर देखिएका खरेलले पछिल्लो समय आक्रामक घरदैलो अभियान, मतदाता भेटघाट र संगठन परिचालनमार्फत आफ्नो पकड बलियो बनाउनुभएको पाइएको हो ।
स्थानीय मतदाताको धारणा पनि क्रमशः एमालेतर्फ फर्किँदै गएको देखिन्छ। प्रारम्भिक चरणमा एमालेविरुद्ध फैलाइएका नकारात्मक प्रचारका कारण नयाँ दलतर्फ झुकेका केही मतदाता पनि अहिले एमालेको नेतृत्वमा विगतको काम र स्पष्ट योजनाको आधारमा पुनः एमालेप्रति नै विश्वास व्यक्त गर्न थालेका छन्। “विकास र समृद्धिका लागि स्थिर र अनुभवी नेतृत्व चाहिन्छ,” भन्ने मतदाताको धारणा बलियो बन्दै गएको छ।
यस क्षेत्रअन्तर्गत पर्ने सुनवल नगरपालिका, रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिकाका सबै वडा तथा सरावल गाउँपालिका का वडा नं. १, २ र ३ मा एमालेको प्रभाव उल्लेखनीय देखिएको छ। सुनवल र रामग्राममा एमालेकै मेयर तथा सरावल गाउँपालिकामा एमालेकै अध्यक्ष निर्वाचित भई विकास निर्माणका काम अघि बढाइरहेको पृष्ठभूमिले पनि मतदातामा सकारात्मक सन्देश दिएको स्थानीय बताउँछन् ।
विगतमा यसै क्षेत्रबाट एमालेका तर्फबाट निर्वाचित बैजनाथ चौधरीले गरेका पूर्वाधार र विकासका कामलाई स्मरण गर्दै मतदाताले एमालेकै निरन्तरता खोजेको चर्चा छ। समर्थकहरूका अनुसार खरेल नयाँ अनुहार हुनुका साथै स्पष्ट योजना, सुव्यवस्थित सोच र युवाले खोजेको नेतृत्वको प्रतिनिधित्व गर्ने छवि निर्माण गर्न सफल हुनुभएको छ ।
अन्य प्रतिस्पर्धी उम्मेदवारहरू विभिन्न विवाद र असन्तुष्टिको घेरामा परेको विश्लेषण भइरहँदा एमालेले भने आफ्नो स्थिति सुदृढ बनाउँदै निर्णायक अग्रता लिएको दाबी गरिएको छ। समग्रमा हेर्दा पश्चिम नवलपरासी क्षेत्र नं. २ मा एमालेको लहर देखिएको र लेखनाथ खरेल जित नजिक पुगेको आकलन गर्न थालिएको छ।




Ads