ताजा अपडेटः

जनउदय सामुदायिक वन उपभोक्ता समुहद्घारा पुनरुत्पादन कटानको सुभारम्भ

जनउदय सामुदायिक वन उपभोक्ता समुहद्घारा पुनरुत्पादन कटानको सुभारम्भ प्रकाशित मिति: २२ माघ २०८०, सोमबार २०:४१

कल्पना खरेल,नवलपरासी । जनउदय सामुदायिक वन उपभोक्ता समुह सुनवल ३ किर्तिपुर १ पश्चिम  नवलपरासीले वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन पुनरुत्पादन कटानको सुभारम्भ गरेको छ ।
सामुदायिक वनका अध्यक्ष वल वहादुर थापाको अध्यक्षता, जिल्ला समन्वय प्रमुख भगौती यादव रूदलको प्रमुख आतिथ्यता तथा सुनवल नगर प्रमुख विमला अर्याल,डिभिजन वन अधिकृत महेन्द्र राज वाग्लेको विशेष आतिथ्यतामा कटानको सुभारम्भ गरिएकाे हाे ।
कार्यक्रममा बाेल्दै यादवले कटान गरीसकेका रुखहरुलाई व्यवस्थापन गर्दा  वन ऐन निति अनुरुप ति रुखहरुलाइ विक्रि वितरण गर्दा पारदर्सी तरीकाले गर्नु पर्ने र वनका उपभोक्ता साथै सम्पुर्ण नगरवासीले उपभोग गर्न पाउनु पर्ने धारण राख्नुभयाे ।
त्यस्तै नगरप्रमुख अर्यालले कटान गरीसकेको स्थानमा हुरकिदै गरेका विरुवाको उचित हेरचाह गरी नयाँ प्रजातिका विरुवा रोपि वनलाइ आएआर्जन गर्ने अभियानमा लाग्न आग्रह गर्देै कटान गरेका रुखलाई सहज तरीकाले विक्रि वितरण गर्ने  व्यवस्था मिलाउन डिभिजन वनलाई आग्रह गर्नु भयो ।
सो अवसरमा सुनवल नगरपालीका का प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गीरी,वडा न ३ का वडा अध्यक्ष पविन गुरुङ, वडा न ६ का वडा अध्यक्ष हिमलाल शर्मा , सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नगर महासंघ अध्यक्ष कर्णवहादुर सेन, लगाएतको उपस्थिति रहेको थियाे ।
कार्यक्रममा अध्यक्ष वलवहादुर थापाले वन व्यवस्थापन गर्दा कहिले काहि गल्ति कमजोरी भए त्यसलाइ सुधार गरेर अगाडी वढ्दै वनलाई संरक्षण गर्ने महत्वपुर्ण पाटो रहेकोले तत्काल वन उजाड देखीने तर ५ वर्ष पछि त्यसको परिणाम साेचेभन्दा राम्रो हुने वताउनु भयो ।
थापाले १५ दिन लगाएर ८२ वटा रूख काटिने समेत जानकारी दिनुभयाे । वनका उपाध्यक्ष राम संजिवन गुप्ताको स्वागत रहेको कार्यक्रमको संचालन सचिव माया पुनले गर्नु भएको थियो ।



Ads