कल्पना खरेल
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार १७:०२ नवलपरासी , फागुन ११ गते । नेकपा एमाले नवलपरासी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उमेदवार लेखनाथ खरेलले यतिबेला घरदैलो अभियानलाई तीव्रता दिएका छन् । हालसम्म भ्रष्टाचारकाे दाग नलागेकाे र आफुले नेतृत्व गरेकाे संघसंस्था हालसम्म जिल्लाकै उत्कृष्ट रहेकाेले आफू सक्षम उमेदवार रहेकाे उनकाे भनाई छ ।
घरदैलाे कार्यक्रममा उनले जनतालाई भिडकाे पछि नलाग्न आग्रह गर्दै राष्ट्र र राष्ट्रियताका लागि सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन्।
आफ्नाे उमेदवारी राज्यमा लोकतन्त्र, स्थायीत्व समृद्धिका लागि भूमिका खेल्न,जनता र राज्यको हितमा संविधान संशोधन र कानून निर्माण गर्न,शिक्षा र स्वास्थ्यको गुणस्तर सुधारमा भूमिका खेल्न, कृषि क्षेत्रको विकासका लागि रहेकाे उनले बताएका छन् ।
त्यसैगरी खरेलले नवलपरासी सडक सञ्जाल सुधारका लागि जिल्लाभित्रकाे पर्यटन क्षेत्रको विकास गर्न, उद्योगको विकास र रोजागारीका लागि, हरेक घरमा शुद्ध पिउने पानी पुऱ्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास दिएका छन् ।
आफ्नाे उमेदवारी जेनजी पुस्ताकाे माग अनुरूप पुस्तान्तरणकाे मार्ग रहेकाेले सबै जनताकाे समस्या , आवश्यकता र भावना संघीय संसदमा प्रस्तुत गर्न आफ्नाे उमेदवारी रहेकाे उनकाे भनाइ छ ।
” समृद्ध नेपाल र सुखी नेपाली नेकपा एमालेले देखेकाे सपना भएकाे भन्दै सुशासन र विकासकाे लागि सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।
घरदैलोका क्रममा मतदाताबाट उत्साहजनक समर्थन प्राप्त भएकोले जित सुनिश्चित रहेकाे उनको दाबी छ।