कार्तिक १८ ,नवलपरासी । पश्चिम नवलपरासीकाे सुस्ता २ सतपती स्थित भित्री सडक खण्डमा माेटरसाइकल दुर्घटना हुदा चालकाे मृत्युु भएकाे छ ।
आज आइतबार बेलुकी ७ :५० बजे बरुवाबाट कुडिया तर्फ जाँदै गरेको लु १८ प ५८४९ मोटरसाइकल आफै अनियन्त्रीत भई पल्टिँदा मोटरसाइकल चालक सुस्ता २ महलबारीका ४५ बर्षिय दल बहादुर चौधरीकाे मृत्युु भएकाे हाे ।
दुर्घटनामा टाउको र शरिरको बिभिन्न भागमा चोट लागेका चाैधरीलाईञ उपचारको लागी क्रिमसन हस्पिटल मणिग्राम पठाईएकोमा आज राति ९ :२५ बजे डाक्टरले मृत घोषणा गरेको हाे ।
अहिले शव सोही अस्पतालमा नै रहेको र पोष्टमार्टम लगायत अन्य प्रकृया बाकि रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका
प्रहरी नायव उपरीक्षक एवघसुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएकाे छ ।