कल्पना खरेल
प्रकाशित मिति: ५ पुष २०८२, शनिबार १८:३४ बर्दघाट,पुस ५ गते । नवलपरासी चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभा शनिबार बर्दघाटमा सम्पन्न भएको छ।
कमर्सका जिल्ला अध्यक्ष चन्द्रज्योति बस्यालको अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौति प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले आर्थिक समृद्धिका लागि नीतिगत सुधार आवश्यक रहेको बताउदै निजी क्षेत्र सङ सहकार्य र समन्वय गर्दै अगाडी बढनु पर्ने बताउनु भयो।साथै वहाले पछिल्लो समय देशको विषम परिस्थितिका कारण उधोगी ब्यवसायीमा थोरै बिचलनको अवस्था आएको र सधै यो परिस्थिति नरहने हुदा धैर्यताका साथ अगाडि बढन आग्रह गर्नु भयो।
उक्त अवसरमा कार्यक्रमका विशिष्ट अतिथि बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले कार्यक्रममा बोल्दै यस सस्थाले स्थानीय ब्यपारी ब्यवसायी लाई समेट्दै यहाँको उत्पादन लाई राष्ट्रिय करण गर्न सहयोग गर्नु पर्ने बताउनु भयो। साथै उहाँले यस नगरपालिकामा उधोगी ब्यवसायीका २ वटा सस्था क्रीयासिल रहेको र यो सस्था पनि नगरमा आबद भएमा नगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
कार्यक्रमका बिशेष अतिथी चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश उपाध्यक्ष जेपि कंडेलले स्थानीय प्रदेश र संघीय सरकार उधोगी ब्यवसायी मैत्री हुनु पर्ने बताउदै उधोगी ब्यवसायिले राज्यलाई ८० % प्रतिशत कर बुझाउदै आएको बताउनु भयो।
सो अवसरमा चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश कार्यलय सचीव भगवती बेल्बासे पोख्रेलले जिल्लाले यस सस्थामा सदस्यता वृद्धि गर्दै लैजानु पर्ने र सोका लागि प्रदेश कार्यालयले सहयोग गर्न तयार रहेको बताउनु भयो।
जिल्ला अध्यक्ष चन्द्रज्योति बस्यालले सस्थाको प्रगती तथा आय ब्याय बिवरणका साथ आगामी नीति तथा कार्यक्रम प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे भने उपाध्यक्ष रामचन्द्र भण्डारीले खुल्ला सत्रमा उपस्थित हुने सम्पुर्ण लाई धन्यवाद ज्ञापन गर्नु भएको थियोे ।
उपाध्यक्ष पेउनारायण न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन सह कोषाध्यक्ष गोपाल प्रसाद पाण्डेले गर्नु भएको थियोे ।
नेपालको सबैभन्दा पुरानो र अग्रणी वाणिज्य संगठन नेपाल चेम्बर अफ कमर्स ७५ वर्ष पूरा भै हिरक वर्षका रुपमा विभिन्न गतिविधि गरि मनाएको छ। २००७ सालमा स्थापित नेपाल चेम्बर अफ कमर्सले २०१२ मा उद्योग र वाणिज्यसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।
चेम्बर स्थापनादेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक समृृद्धि तथा अन्य व्यावसायिक गतिविधिका क्षेत्रमा संस्थाले अग्रणी भूमिका खेल्दै आएको छ ।
चेम्बरले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गर्दै आएको बताएको छ ।
निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको चेम्बरले हाल प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आबद्ध संघलगायत द्विपक्षीय वाणिज्य तथा उद्योग संघको प्रतिनिधित्व गरि रहेको र रजिस्टर्ड फर्म, व्यापार र उद्योग क्षेत्रका संघसंस्था, द्विपक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आबद्धता रहेको जिल्ला कोषाध्यक्ष नोसन आचार्य सुवेदीले जानकारी दिनु भयो ।