ताजा अपडेटः

सुनवल वडा नम्बर १० का ३४३ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

कल्पना खरेल
सुनवल वडा नम्बर १० का ३४३ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण प्रकाशित मिति: १७ जेष्ठ २०८२, शुक्रबार २२:४२

सुनवल, जेष्ठ १६ गते । नवलपरासी पश्चिम स्थित सुवनल नगरपालिका वडा नम्बर १० का अव्यवस्थित बसोबासीलाई आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी निस्सा वितरण गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति नवलपरासी र सुनवल नगरपालिकाको संयुक्त पहलमा ३४३ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको हो । २०७७ सालमा भरिएका फर्महरु पटक पटक आयोग गठन हुने र केहिँ समयमा नै आयोग विघटन हुने प्रकृयाले आजसम्म अन्यौलको अवस्थामा रहेको थियो ।
सोहिँ क्रममा बोल्दै भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष लाल बहादुर गुरुङले यो आयोग जतिबेला पनि ढल्न सक्छ भन्ने बाहिरी हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकार ढलेपनि यो आयोग २०८४ मसिंर २९ गतेसम्म रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले जीवनभर जोतभोग गरेको जंगाको लालपुर्जा नहुदा ढुक्कले निदाउन नपाएका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफ्‌नै पालामा लालपुर्जा वितरण गरिने भन्दै सबैप्रकारका भूमि समस्या समाधान गरिने जानकारी दिनुभयो ।
त्यसैगरी सोहि क्रममा बोल्दै सुनवल नगरपालिकाको नगरप्रमुख विमला अर्यालले छिटो भन्दा छिटो भूमि सम्बन्धि सबै समस्या समाधान गर्न स्थानिय सरकारले आन्तरिक श्रोतबाट कर्मचारी समेत खटाईएको बताउनुभयो । उहाँले भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई राजस्व वढि भएको भन्दै पटक पटक पहल गरिएकोमा हाल ५ देखि १० प्रतिशत सम्म मात्र राजस्व लिने सरकारको निर्णयप्रति खुसी व्यक्त गर्नुभयो ।
नगरप्रमुख अर्यालले कोहिपनि नभएका र केहिपनि नभएका भूमिहीन सुकुम्बासीलाई प्रत्येक वडाले आ–आफ्‌नै वडामा व्यवस्थित गर्न समेत निर्देशन दिनुभयो । वडा अध्यक्ष दिलबहादुर थापाले निस्साकै आधारमा जग्गा नापजाचँ गरिने भएकोले पाएको निस्सालाई सुरक्षित राख्न सुझाव गर्नुभयो । उहाँले नापजाचँका लागि आएका प्राविधिक टोलीलाई विवाद रहित ढंगले सहयोग गर्न स्थानियबासीलाई आग्रह गर्र्दै जतिसक्दो छिटो पुर्जा वितरण गर्न भूमि आयोगसगँ माग गर्नुभयो ।
वडा नम्बर १० का वडा सदस्य मोहन बुढाथोकीको स्वागत रहेको कार्यक्रममा भूमि समस्या समाधान आयोग नवलपरासीका सदस्य थानप्रसाद गैरे, सुनवल भूमि शाखा प्रमुख गणेश न्यौपाने, निवर्तमान वडा अध्यक्ष शेषकान्त अधिकारी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।




Ads