ताजा अपडेटः

युवा समूह तथा राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानकाे संयुक्त आयाेजनामा खुल्ला क्रिकेट प्रतियोगिता हुदै

युवा समूह तथा राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानकाे संयुक्त आयाेजनामा खुल्ला क्रिकेट प्रतियोगिता हुदै प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार २३:०३

कल्पना खरेल, नवलपरासी । जनता आधारभूत विद्यालय सुनवल १२ हरकट्टाकाे खेल मैदानमा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएकाे छ ।
श्री हरकट्टा युवा समूह तथा राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समितिकाे संयुक्त आयाेजनामा यहीँ चैत्र १० गतेदेखि खुल्ला क्रिकेट प्रतियोगिता हुने भएकाे हाे ।
पत्रकार सम्मेलनकाे आयाेजना गरि क्रिकेटप्रतिकाे बढ्दाे आकर्षणलाई ध्यानमा राखी खुल्ला क्रिकेट प्रतियोगिता आयाेजना गर्न लागिएको खेलकुद समितिका अध्यक्ष मीनप्रसाद बस्यालले बताउनुभयाे ।
१० दिनसम्म आउटको नियमानुसार संचालन हुने यस प्रतियोगितामा जिल्ला भित्र तथा बाहिरबाट गरि करिब २० टीमको २५० खेलाडी  सहभागिता रहने अपेक्षा लिइएको छ ।
प्रतियोगितामा विजेता टीमलाई नगद रु २० हजार, ट्रफि र मेडल तथा उपविजेता टीमलाई नगद रु १०हजार, मेडल र ट्रफिको साथै प्रत्येक खेलमा म्यान अफ द म्याच, बेष्ट व्याट्स म्यान, बेष्ट बलर, म्यान अफ द टुर्नामेन्ट लगायतका विधामा पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष बस्यालले जानकारी दिनुभयो ।
करिब ५ लाख खर्च लाग्ने अनुमान गरिएको यस प्रतियोगिताको लागि सुनवल नगरपालिकाले रु ३ लाख विनियोजन गरेकाे छ ।
खेलाडी र कलाकार दुवै राष्ट्रकाे गहना भएपनि त्याे सम्मान दिन नसकेकाेमा दुख व्यक्त गर्दै खेलाडीलाई थप हाैसला प्रदान गरी  कलाकारलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले संयुक्त क्रिकेट खेलकाे आयाेजना गरिएकाे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी जिल्ला अध्यक्ष श्यामकला भण्डारीले जानकारी दिनुभयो ।
जिल्लामा नयाँ अवधारणा सहित प्रतियोगिताकाे उद्घाटनमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा बृहत सांस्कृतिक कार्यक्रमकाे आयाेजना गरिने समेत अध्यक्ष भण्डारीले   बताउनुभयाे ।



Ads