ताजा अपडेटः

महाकवि देवकोटा क्याम्पसकाे प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

कल्पना खरेल
महाकवि देवकोटा क्याम्पसकाे प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न प्रकाशित मिति: १७ जेष्ठ २०८२, शुक्रबार २३:५९

सुनवल ,जेठ १६ गते । नवलपरासी पश्चिमकाे सुनवल स्थित महाकवि देवकोटा क्याम्पसले आज शुक्रवार एक दिवसीय प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे छ ।
“औद्योगिकीकरण, पर्यटन र स्थानीय समृद्धिका लागि अनुसन्धान” भन्ने मूल नारासहित सम्मेलन सम्पन्न भएकाे हाे ।प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै प्रतिनिधिसभा सदस्य एवं पूर्व कानुनमन्त्री ध्रुबहादुर प्रधानले समय सापेक्ष व्यवहारी र प्राविधिक शिक्षाकाे आवश्यकतालाई परिपूर्ति गर्न सुनवललाई शैक्षिक हवकाे रूपमा विकाश गर्न आवश्यक रहेकाे बताउनुभयाे।
उहाँले मानव संसाधनकाे विकासकाे लागि शिक्षा र स्वास्थ्यमा सुधार हुनु आवश्यक रहेकाेले यस क्षेत्रमा मानव अंग प्रत्यारोपण केन्द्र र सुविधा सम्पन्न अस्पतालका लागि पटक पटक सदनमा आवाज उठाउर्दै आएको बताउनुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य खडक बस्नेतले दिर्घकाालिन याेजना नलिई बनेका बिकास निर्माणका काम अपुराे र अस्तव्यस्त रहदा राज्यकाे कराेडाै बजेट खेर गएकाे भन्दै यसतर्फ सचेत रहन सबैलाई आग्रह गर्नुभयाे ।
कार्यक्रममा “औद्योगिकीकरण, पर्यटन र स्थानीय समृद्धिका लागि अनुसन्धान”का विषयमा बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डे, सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्याल, सुनवल नगरपालिका निवर्तमान नगरप्रमुख भिम बहादुर थापा देवदह नगरपालिकाका निवर्तमान नगरप्रमुख हिरा केसि लगायत बिभिन्न क्याम्पसका अध्यक्ष तथा क्याम्पस प्रमुखहरुले आ-आफ्नाे धारण राख्नुभएको थियो ।
सम्मेलनमा व्यवस्थापन, सूचना प्रविधि, शिक्षा र सामाजिक विज्ञानका क्षेत्रमा अनुसन्धान र त्यसको स्थानीय विकासमा योगदान विषयमा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । सम्मेलनमा सहभागीहरूले यस्ता सम्मेलनले अनुसन्धानको संस्कृति विकास गर्न र नीति निर्माणमा सहयोग पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
सम्मेलनमा किनोट्स स्पिकरका रूपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रोफेसर डाक्टर महानन्द चालिसे र विश्वविद्यालय अनुदान आयोगका सहायक निर्देशक नारायणप्रसाद भण्डारी स्पेसल गेस्ट स्पिकरका रूपमा रहनुभएको थियो ।
सेसन चेयर्समा डा. सूर्यबहादुर राना, डा. निरञ्जन देवकोटा र डा. सन्तोष ज्ञवाली रहनुभएको थियो । क्याम्पस अध्यक्ष कृष्ण प्रसाद लामिछानेकाे अध्यक्षतामा रहेकाे सम्मेलनमा उपप्रध्यापक हरिदत्त शर्माकाे संचालन, क्याम्पस प्रमुख नारायण ढकालको स्वागत रहेकाे थियाे । त्यसैगरी उपप्राध्यापक विकास रानाले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।




Ads