ताजा अपडेटः

याे  सफलता सहज थिएन तर हार्न म तयार थिइन :- सुनवल नगरप्रमुख विमला अर्याल

कल्पना खरेल
याे  सफलता सहज थिएन तर हार्न म तयार थिइन :- सुनवल नगरप्रमुख विमला अर्याल प्रकाशित मिति: November 24th, 2024

मंसिर ९, नवलपरासी ।  ” ढुंगाकाे क्याप फाेरेर पनि उम्रन्छ पिपल, सृजनशिल महिला कहिल्यै पनि हुदैनन बिफल ” याे भनाई धेरै पटक सार्वजनिक मंचमा बाेल्ने गर्नुहुन्छ पश्चिम नवलपरासी स्थित सुनवल नगरपालिकाकाे नगरप्रमुख विमला अर्याल ।
नगरप्रमुख अर्याल नगरप्रखुम मात्र नभई सुनवलका स्थानीय लाखाै महिलाकाे प्रतिनिधित्व पनि हाे । जसले “काेशिस गर्नेहरूका लागि हार हार हाेइन  जितकाे सुरूवात हाे  ” भन्ने सत्यलाई चरितार्थ गरेकाे छ ।
संविधानमा हरेक तहमा महिलाको सहभागिता ३३ प्रतिशत सुनिश्चित गरिएको छ भने स्थानीय तह निर्वाचन ऐन २०७३ ले स्थानीय तहमा ३६.७१ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । यस आधारमा संविधानमा उल्लेख भए बमोजिम ३३ प्रतिशत महिला सहभागितामा कुनै सन्देह छैन ।
जसकारण हरेक स्थानीय तहमा महिनालाई उपप्रमुख र उपाध्यक्ष सुनिश्चित भयाे । तर महिला नेतृत्वकाे भुमिका पनि निर्वाह गर्न सक्छन् भन्ने मूल्य र मान्यतालाई अङ्गिकार गर्दै  नगरप्रमुख अर्याल वि.स. २०७४ सालकाे स्थानीय चुनावमा नेकपा एमालेबाट नगरप्रमुखकाे दावेदार बन्नुभयाे ।
देशमै पहिलाे अभ्यास, समाजमा वितृसत्तामक साेचले जराे गाडेकाे अबस्था , महिलाप्रति शंकाकाे हेराई इत्यादिका विचमा आफुलाई दरिलाे खम्बाकाे रूपमा उभाउनु त्यही सहज भने थिएन्  । जुन चुनावले उहाँलाई हार मात्र दिएन् ।
हिम्मत ,साहस र चुनाैतीलाई स्वकार्ने मन पनि दियाे । हारलाई सहजताले अपनाउदै नगरप्रमुख अर्याल समाजिक क्षेत्रमा नितरन्ता लागि पर्नुभयाे । समानता, लिंगका आधारमा गरिने विभेद, महिला अधिकारका पक्षमा पटक-पटक वकालत गर्दै आउनुभयाे ।
समस्या लिएर आउने हरेक व्यक्तिलाई न्याय दिन निशङ्काेच सम्बन्धि क्षेत्रमा धाइरहने , समाजमा देखिएकाे विकृतिका विरूद्व आवाज उठाइरहने ,स्थानीय क्षेत्रमा रहेका विभिन्न संघ संस्थामा आवद्व रहेर काम गरिरहनुभयाे ।
भन्छन् सुर्यकाे प्रकाश हत्केलाले कहाँ छेक्न सक्छर , जसकाे परिणाम स्वरूप नगर प्रमुख विमला अर्याल वि.स. २०७९ सालकाे दाेस्राे स्थानीय चुनावमा गठबन्धनलाई हराउदै ३२१८ फराकिलो मतान्तरले विजयी हुनुभयाे ।
उहाँ भन्नुहुन्छ म बाल्यकालदेखि नै जनवादी गितहरू गाउँने,नाच्ने ,रचना गर्ने गर्थे । लिंग विवेद र जातिय विभेदका विरूद्व आवाज उठाउन्थे ।  वि.स. २०४७ सालदेखि जब म अनेम संघमा आवद्व भएर जनताका काम गर्न थाले ।  विभिन्न कार्यक्रममा मंचमा पुरूष सरहरूकाे उपस्थिति मात्र देख्दा अचम्म लाग्थ्याे , जिज्ञासा जाग्थ्याे त्याे ठाउँमा हामी महिला किन पुग्न सकेका छैनाै ।
मेराे सपना थियाे मैले पनि समाज रूपान्तरणमा नेतृत्वदायी भुमिका खेलेर त्याे मंचमा बस्नछ । आज खुसी लाग्छ । चुनाैतिका विचमा सम्भाना खाेज्नेहरूले एकदिन सपना पूरा गर्नेछन् ।  उहाँ त एउटा उदाहरण पात्र मात्र हाे । महिला जबसम्म हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुग्दैनन तबसम्म लैंगिक समानता हुन सक्दैन ।
नगरप्रमुख विमला अर्याल भन्नुहुन्छ महिलाकाे ३३ प्रतिशत मात्र हाेइन अब ५० प्रतिशत सहभागीता आवश्यक छ ।




Ads