ताजा अपडेटः

सुनवल सामुदायिक बचत तथा ऋण सहकारी सस्था लि. काे २१ औ वार्षिक साधारणसभा सम्पन्न

कल्पना खरेल
सुनवल सामुदायिक बचत तथा ऋण सहकारी सस्था लि. काे २१ औ वार्षिक साधारणसभा सम्पन्न प्रकाशित मिति: २ आश्विन २०८२, बिहीबार २०:४६

सुनवल , असाेज २ गते । सुनवल सामुदायिक बचत तथा ऋण सहकारी सस्था लि.को २१ औ वार्षिक साधारणसभा सुनवल १ बनाहा नेवा गूठीको सभाहलामा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष गोविन्द प्रसाद ढकालको अध्यक्षतामा तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाको प्रगति प्रतिबेदन संस्थाका अध्यक्ष गोबिन्द प्रसाद ढकालले प्रस्तुत गर्नुभएको थियोे ।
त्ययसैगरी संस्थाको सचिब पिताम्बर चापागाईंले सचिवकाे प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सस्थाको आर्थिक प्रगति प्रतिबेदन संस्थाको कोषाध्यक्ष गंगा भुसाल न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।
शेयर पूंजी रु.६५ लाख ६२ हजार ५०० रहेको संस्थाकाे लगानी रू. ४ करोड ६६ लाख ४८ हजार ३२६ रुपैया रहेकाे छ । संस्थाको लेखा प्रतिबेदन सस्थाको लेखा संयोजक प्रेम प्रसाद पराजुलीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा २०८१ सालको SEE र + २ मा उत्कृष्ट नतिजा ल्याउने ७ जना बिध्यार्थीहरुलाई कदर पत्र र नगद प्रदान गरिएको थियो । त्यसैगरी संस्थामा नियमित बचत कर्ता र नियमित ऋण बुझाउने ५ जनालाई कदर पत्र र नगद प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि मगरले विभिन्न ठाँउमा सहकारीकाे रकम हिनामिना गरिएकाे भन्ने समाचारहरू आइरहदा सबै सेयर सदस्यहरू याे विषयमा चनाखाे हुनुपर्ने बताउनुभयाे ।
संस्थाकाे सचिव पिताम्बर चापागाईंकाे संचालन र उपाध्यक्ष शुशिला भुसाल ढकालकाे स्वागत रहेकाे कार्यक्रममा सुनवल नगरस्तरीय संजालका अध्यक्ष दयाराम भण्डारी, सर्वाङ्गिण सहकारी संस्थाका सचिव कृष्णप्रसाद अर्याल, धन बहादुर थापा तिलक राम ढकाल, समिक्षा बराल सिन्जापती लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।




Ads