ताजा अपडेटः

सुनवलमा मङ्सिर १० देखि २१ गतेसम्म पाचौँ सुनवल महोत्सव संचालन हुने

कल्पना खरेल
सुनवलमा मङ्सिर १० देखि २१ गतेसम्म पाचौँ  सुनवल महोत्सव संचालन हुने प्रकाशित मिति: ११ कार्तिक २०८२, सोमबार १२:१२

सुनवल, कात्तिक १० गते । पश्चिम नवलपरासीको सुनवलमा पाचौँ सुनवल महोत्सव संचालन हुने भएको छ । कृषि उद्योग व्यापार,कला र सँस्कृति समग्र सुनवलको समृद्धि भन्ने मुल नाराका साथ पाचौँ सुनवल महोत्सव संचालन हुने भएको हो ।
आगामी मङ्सिर १० देखि २१ गतेसम्म पाचौँ सुनवल महोत्सव २०८२ संचालन ,गर्न लागिएको उद्योग बाणिज्य संघका सुनवलका अध्यक्ष रमेश कर्मचार्यले जानकारी दिनुभयो ।
उद्योग वाणिज्य सघं सुनवल नवलपरासीको आयोजनामा सुनवलको सोमनाथ हाट बजारमा संचालन हुने व्यापार मेलामा उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापना गर्ने लक्ष्य सहित मेला आयोजना गर्न लागिएको हो । मेलामा घरेलु तथा साना मझौला तथा ठूला उद्योग आतिरिक्त बिदेशका बस्तु र पहाडी कृषि जन्य र अन्यहरु समेत गरी २०० व्यावसायिक स्टलहरू रहने सुनवल अध्यक्ष कर्माचार्यले जानकारी दिनुभयो ।
मेलामा एक लाख दर्शकले अवलोकन गर्ने तथा १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । उहाँका अनुसार यस पटकपनि महोत्सवको ठेक्का नदिई उद्योग बाणिज्य संघ आफैले संचालन गर्नेछ । मेलाले स्थानिय राष्ट्रिय र अन्तराष्ट्रिय लागानीकर्ता उत्पादक बितरण निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेला गराई सुमधुर सम्बन्ध स्थापना गर्नेछ ।
यस मेलाको मुख्य आकर्षक अन्तराष्ट्रिय, कृषि तथा जडीबुटी पर्यटन सम्बन्धी दैनिक उपभोग्य बस्तु हस्तकाला तयारी पोशाक प्रर्दशन गरिने र सेमिनार तथा अन्तरक्रिया तथा बाल उद्यान पनि आकर्षणको रुपमा रहने संघका महासचिव तेजप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
त्यसैगरी मेलाको अन्य मुख्य आकर्षणमा सांस्कृतिक कार्यक्रममा बिज्ञान प्रर्दशनी र खाना महोत्सव संचालन हुने जसमा खाना महोत्सवमा बिभिन्न जात जातिका खाना परिकार हुने सङ्घका उद्योग उपाध्यक्ष इश्वरी भण्डारीले जानकारी दिनुभयो ।
राष्ट्रिय र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती तथा सेल्फि जोन मेला अवाधिभर हुनेछ । मेलाको टिकट १ सय , विद्यार्थीको लागि ७० , सामुहिक रुपमा मेला अवलोकन गर्न आउने विद्यार्थीको लागि ५० प्रतिशत छुटको व्यवस्था गरिने छ भने ६८ बर्ष भन्दा माथि सामाजिक सुरक्षा भत्ता प्रप्ता गर्ने जेष्ठ नागरिक शतप्रतिशत छुट व्यवस्था गरिएको छ ।




Ads