ताजा अपडेटः

सुनवल नगरपालिकाद्वारा अवैध नदीजन्य सामग्री जफत गरिदै

सुनवल नगरपालिकाद्वारा अवैध नदीजन्य सामग्री जफत गरिदै प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहीबार १८:१६

कल्पना खरेल, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल गाउँपालिकाले अवैध रूपमा राखिएको नदीजन्य सामग्री जफत गर्न शुरू गरेकाे छ ।
सुनवल-४,स्थित तुरिया खाेलाबाट चोरी निकासी गरि अवैध  रूपमा डम्पिङ गरि राखिएका गिट्टी,बालुवा,ढुङ्गा,सुनवल नगरपालिकाकाे नगरप्रमुख  विमला अर्यालकाे नेतृत्व टोलिले आज बिहीबारदेखि जफत गर्न शुरू गरेकाे हाे  ।
टोलीले आज सुनवल-४ चारघरे स्थित ओैधाेगिक ग्राममा अबैध रूपमा  राखिएको  गिट्टि , बालुवा,ढुङ्गालाई जफत गरेको हो ।
पालिकाले जफत गरेको अवैध गिट्टी,बालुवा ,ढुङ्गालाई डाेजर र टिप्परले उठाएर सुनवल नगरपालिकामा जम्मा गरेर राखिएको नगरप्रमुख विमला अर्यालले बताउनुभएकाे छ ।


नगरप्रमुख अर्यालले केही ब्यक्तिहरुले तुरिया खाेलाबाट चोरी निकासी गरि सार्बजनिक स्थल र आफ्नो निजि जग्गामा स्टोर गरी राखेको गिट्टी,बालुवा,भस्कट र ढुङ्गाका लागि पालिकाले पटक-पटक  प्रमाणित गरि सम्बन्धित ब्यक्तिलाई राजस्व बुझाउनका लागि पत्राचार गर्दा पनि बेवास्ता गरेपछि आफुहरु एक्सनमा उत्रिएकाे बताउनुभयो ।


केही ब्यक्तिहरुले तुरिया खाेलाबाट दिन रात गिट्टी,बालुवा,भस्कट,मिस्कट र ढुङ्गा चोरी निकासी गर्ने अनि दोस जति पालिकाले खेप्न पर्ने हुदा चोरी निकासीलाई बन्द गर्नको लागि इलाका प्रहरी कार्यालय सुनवलकाे सहयोग लिएर जफत गर्न थालिएको नगरप्रमुख अर्यालले बताउनुभयाे ।


उहाँले जफत गरिएको  गिट्टी,बालुवा,ढुङ्गा,मिस्कट र भस्कटको पालिकाले  कानुन अनुसार व्यवस्था गर्ने र अबैध नदिजन्य पदार्थ जफत प्रकृया निरन्तर चल्ने समेत जानकारी दिनुभयाे ।



Ads