कल्पना खरेल
प्रकाशित मिति: २५ कार्तिक २०८२, सोमबार १२:१६ सुनवल, कात्तिक २४ गते । देशमा पहिलो पटक स्थानीय तह सर्भेयर्स सोासइटी गठन भएसगैँ लुम्बिनी प्रदेशको संयोजकमा सुनवल नगरपालिकामा कार्यरत नापी सर्भेक्षक दल बहादुर ओलीले जिम्मेवारी पाउनुभएको छ । प्रदेशको १२ जिल्ला र १०९ स्थानीय तहमध्ये उहाँलाई प्रदेशको संयोजकको जिम्मेवारी दिइएको हो । जिम्मेवारी पाएसगैँ संयोजक ओलीले “स्थानीय नापी प्राविधिकहरु स्थानीय विकासको दिशा निर्धारण गर्ने आधारशिला भएको केवल नक्सा नाप्ने प्राविधिकको रुपमा नहेर्न आग्रह गर्नुभयो ।
उहाँले पारदर्शी, प्रविधिमैत्री र सटीक नापी प्रणालीले मात्र स्थानीय शासनलाई दिगो, विश्वसनीय र न्यायपूर्ण बनाउन सक्ने भन्दै नापी प्राविधिकहरुको हकहित संरक्षण र क्षमता अभिवृद्धि स्थानीय तह सर्भेयर्स सोसाइटीकोे प्रमुख कार्य रहने बताउनुभयो ।
नापी प्रणालीलाई डिजिटल रुपान्तरण,जीपीएस जीआईएस प्रविधि प्रयोग, डिजिटल नापी प्रणाली विकास र स्थायी नापी शाखा स्थापना जस्ता विषयलाई प्राथमिकतामा राखिने ओलिको भनाई छ ।
सनिबार मात्र जुम मिटिङ मार्फत देशभरका स्थानीयतहमा कार्यरत नापी प्राविधिकहरु जोड्ने गरि पेसागत ऐक्कबद्धता र आधुनिक नापी प्रणालीमा प्रतिबद्धता भन्ने मूल नाराका साथ सोसाइटी गठन गरिएको हो ।
भरतपुर महानगरपालिकाको नापी अधिकृत विकास देवकोटाको अध्यक्षतामा १३ सदस्यीय केन्द्रिय समिति गठन गरिएको छ । सातवटै प्रदेशका संयोजकसहित चारजना मनोनीत सदस्य रहने व्यवस्था गरिएको छ ।