ताजा अपडेटः

२२ वर्ष पछि कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्त पक्राउ

२२ वर्ष पछि कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्त पक्राउ प्रकाशित मिति: २३ पुष २०८०, सोमबार ०६:०९

कल्पना खरेल,नवलपरासी ।  जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले २२ वर्ष पछि कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेकाे छ ।
पुस १९ गते बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिबादी किताबुल खानको छोरा रामग्राम नगरपालिका वडा नं. १० मन्झरिया बस्ने वर्ष ५८ को सुमराती खान मुसलमान भन्ने सुमराती डफालीलाई पक्राउ गरेकाे हाे ।
पक्राउ गरिएकाे डफारीलाई आइतबार आवश्यक कारवाहीको लागि जिल्ला अदालत परासी पठाइएको थियाे । अदालतले  निज प्रतिबादी सुमराती खान मुसलमान भन्ने सुमराती डफालीलाई आइतबारै पुर्षक्षका लागि जिल्ला कारागार पठाइएको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।



Ads