ताजा अपडेटः

सुृस्तामा आयाेजित निशुल्क स्वास्थ शिविरमा २३५ जना लाभान्वित

सुृस्तामा आयाेजित निशुल्क स्वास्थ शिविरमा २३५ जना लाभान्वित प्रकाशित मिति: २७ जेष्ठ २०८१, आईतवार ०६:२२

कल्पना खरेल

सुस्ता, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्ता पारी गाउँमा गाउँपालिकाकाे आयाेजनामा निशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएकाे छ।
जलवायु परिवर्तनका कारण भएका रोगको पहिचान र रोकथामका लागि क्यानेडियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीद्धारा उक्त  शिविर सम्पन्न भएकाे हाे ।
भारतीय अतिक्रमणको चपेटामा पर्दै आएको नारायणी पारी सुस्तामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ९७ जना महिला र १३८ जना पुरुष गरि २३५ जना लाभान्वित भएका छन् ।
शिविरमा स्वास्थ्य जाँच गरिएका सेवाग्राहीलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियाे । स्वास्थ्य शिविरको उद्घाटन गर्दै सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले स्वास्थ्यको पहुँचबाट टाढा रहेका सुस्तावासीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन शिविरकाे आयाेजना गरिएकाे बताउनुभयाे ।
उहाँले हाल झोलुंगे पुल निर्माण भई सहज भएपनि निकै चुनौतीपूर्ण यात्रा गर्दै  नेपालका स्वास्थ्य संस्था वा भारतका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यताका कारण सुस्तावासी सहज रुपमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहनुपरेकाे बताउनुभयो ।
नेपालल रेडक्रस सोसाईटी ठाडिघाट उपशाखाका सभापति दिनेश यादवको अध्यक्षतामा भएको उक्त शिविरमा सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ यादव,रेडक्रसका लुम्बिनी प्रदेश कोषाध्यक्ष हैदर अलि मोमिन, जिल्ला कार्यसमिति सदस्य अर्जुन बहादुर क्षेत्री लगायलते शिविरको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
सोही अवसरमा जलवायु परिवर्तनका असर सम्बन्धी सडक नाटक पनि प्रदर्शन गरिएको थियो ।



Ads