ताजा अपडेटः

पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट सासूबुहारीको ज्यान गयो

पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट सासूबुहारीको ज्यान गयो प्रकाशित मिति: ९ पुष २०८०, सोमबार ११:३१

काठमाण्डौ – पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट सासूबुहारीको ज्यान गएको छ । विनयत्रिवेणी गाउँपालिकाको विनय सामुदायिक वनमा घाँस काट्न गएका ६० वर्षीया मनादेवी पौडेल र उहाँकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत भेटिएका हुन् ।
दुवै जनाको बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । हिजो दिउँसो सासूबुहारी घाँस काट्न जङ्गल गएका थिए । राति अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय बासिन्दा र प्रहरीले खोजी गर्ने क्रममा उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।
पछिल्लो समय त्यसक्षेत्रमा बाघको आक्रमण बढ्दै गएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।स्रोतःउज्यालो



Ads