कल्पना खरेल,सुनवल । प्रथम सुन्दरबस्ती कप खुला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत आजकाे खेलमा राईजिङ्ग स्टार र जनशक्ति यूवा क्लब विजयी भएका छन् ।
निकैनै राेचक र कडा प्रतिस्पर्धात्मक भएकाे आजकाे पहिलाे खेलमा मिलन टाेल एफ. सी लाई शुन्यका विरूद्व १ गाेल गर्दै राईजिङ्ग स्टार विजयी भएकाे हाे ।
त्यसैगरी आजै भएकाे दाेस्राे खेलमा गतिशील मंच एफ. सी लाई १ का विरूद्व ४ गाेल गर्दै जनशक्ति यूवा क्लब विजयी भएकाे हाे ।
आजकाे पहिलाे खेलमा राईजिङ्ग स्टारका जर्सि नम्बर १८ का रन्जित चाैधरी म्यान अफ द म्याच घाेषित भएका छन् भने दाेस्राे तथा अन्तिम खेलमा जनशक्ति यूवा क्लबका सर्वाधिक गाेलकर्ता जर्सि नम्बर ७ खेलका क्याप्टेन विनाेद भट्टराई म्यान अफ द म्याच घाेषित भएका थिए ।
फाल्गुन १६ गते सम्म संचालीत उक्त प्रथम सुन्दरबस्ती खुला नकआउट फुटवल प्रतियोगिताकाे नवलपरासी खवरले निरन्तर प्रत्येक्ष प्रसारण गर्नेछ ।