ताजा अपडेटः

काभ्रेपलाञ्चोकको बेथानचोकमा ‘रिजर्भ’ बस दुर्घटना

काभ्रेपलाञ्चोकको बेथानचोकमा ‘रिजर्भ’ बस दुर्घटना प्रकाशित मिति: २७ मंसिर २०७९, मंगलवार २०:५६

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ४ चलाल गणेशस्थानमा ‘रिजर्भ’ बस दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दिएको जानकारी अनुसार ढुङ्खर्कबाट पनौती आउँदै गरेको बा ३ ख ४३८५ नम्बरको बस मङ्गलवार बेलुकी दुर्घटना हुँदा केहीको ज्यान गएकाे खबर आए पनि पुष्टि हुन भने बाँकी रहेकाे बताएकाे छ । अहिले दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल र बनेपाकाे शिर मेमोरियल अस्पतालमा ल्याउने काम भइरहेकाे  प्रहरिले जानकारी दिएको छ ।

बनेपा नगरपालिका ११ बाट ब्रतबन्धका लागि बनेपा ५ च्याल्टी पुगेर फर्कँदै गरेकाे ‘रिजर्भ’ बस दुर्घटना परेकाे हाे ।