ताजा अपडेटः

प्याब्सन पश्चिम नवलपरासीद्वारा  ३.६५ जिपिए भन्दा माथि ल्याउन सफल विद्यार्थीलाई सम्मान

प्याब्सन पश्चिम नवलपरासीद्वारा  ३.६५ जिपिए भन्दा माथि ल्याउन सफल विद्यार्थीलाई सम्मान प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार ११:१९

कल्पना खरेल, नवलपरासी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल , प्याब्सन नवलपरासीद्वारा ३.६५ जिपिए भन्दा माथि ल्याउन सफल विद्यार्थीलाई शुक्रबार सम्मान गरिएकाे छ  ।
प्याब्सनमा आबद्ध ७७ वटा विद्यालयमध्ये ७३ जना विद्यार्थिलाई एक कार्यक्रमकाे आयाेजना गर्दै खादा र प्रसंसापत्रले सम्मान गरेकाे हाे ।
जिल्ला प्याब्सनका अध्यक्ष  गुरूदत्त पाैडेलकाे अध्यक्षता तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद अधिकारीकाे प्रमुख आतिथ्यमा भएकाे सम्मान कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावककाे सहभागिता रहेकाे थियाे ।


कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि प्याब्सनका केन्द्रीय उपाध्यक्ष अधिकारीले अभिभावकले आफ्नाे छाेराछाेरीका लागि हजाराै सपनाहरू त्यागेकाे उल्लेख गर्दै अभिभावकका अधुरा सपनालाई काधमा बाेकेर जितमा बदल्न आग्रह गर्नुभयाे ।
उहाँले पढाईकाे शिलशिलामा विदेशमा जाने र उतै बस्ने पछिल्लो पटक ट्रेन बसेकाेले आफ्नै  देशलाई कर्मभूमि बनाउनुपर्ने बेला आएकाे धारणा राख्नुभयाे । साथै विदेशि भूमिमा इज्यत र स्वाभिमान नहुने भन्दै  अबका पुस्ताले आफ्दै देशकाे स्वाद चाख्नुपर्ने  उल्लेख गर्नुभयाे ।


वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रमका संयाेजक डम्बर बहादुर गुरूङकाे स्वागत र  प्याब्सनका सह-सचिव यज्ञ प्रसाद न्याैपानेकाे संचालन रहेकाे कार्यक्रममा प्याब्सनकाे प्रदेश सचिव  धनराज चापागाईं, केन्द्रिय सह-काेषाध्यक्ष यमबहादुर थापा,प्याब्सनका केन्द्रीय सदस्य सन्ताेष अधिकारी, ,केन्द्रीय प्याब्सनका पूर्व सल्लाहकार सुमनगाेपाल आचार्य, जिल्ला प्याबसनका सल्लाहका इन्द्र गुरूङ लगायतले बाेल्नुभएकाे थियाे ।



Ads