ताजा अपडेटः

नेपाल जनजाति महासंघले २९ ओै विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाउदै

नेपाल जनजाति महासंघले २९ ओै विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाउदै प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार २२:०३

कल्पना खरेल,नवलपरासी । पृथ्वीचन्द्र अस्पतालका विरामीलाई  फलफुल बितरण गर्दै  नेपाल आदिवासी जनजाति महासंघले २९ ओै विश्व आदिवासी दिवस मनाएकाे छ । आज रेडियो परासीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिगतको बर्ष जस्तै बिभिन्न कार्यक्रम गरी बिश्व आदिवासी दिवस मनाउन लागिएकाे जानकारी सहित अस्पतालका विरामीलाई आज फलफुल वितरण गरिएकाे हाे ।
पत्रकार सम्मेलनमा बाेल्दै नेपाल आदिवासी जनजाति महासंघकी अध्यक्ष राना मगरले यसैगरी  २० गते रक्तदान ,२२ गते बर्दघाट नयाँबस्तीमा वृक्षारोपण र २४ गते २९ औँ विश्वदिवस बर्दघाटमा मनाउने कार्यक्रम रहेको बताउनुभयाे ।
उहाँले पहिचान,पहुँच ,प्रतिनिधित्व, सामानुपतिक समाबेशी,स्वयत्तता स्वशासित, संरक्षित र बिशेष क्षेत्र, बहुभाषिक नीति र धर्म निरपेक्षता जस्ता मागहरुलाई सबिधानमा संबाेधन गर्न नेपाल आदिवासी जनजाति महासंघले निरन्तर सरकारसंग आन्दोलन गर्दै आएकाे समेत जानकारी गराउनुभएकाे थियाे ।
२९ ओै विश्व आदिवासी दिवसकाे नारा “पहिचान र अधिकार सुनिश्चितताकाे लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनाै,परम्परागत सिपकाे प्रवर्द्धन गर्दै पुर्खाैली भूमि,भाषा र सस्कृंतिकाे सरंक्षण गराेै” भन्ने  रहेकाे छ ।
यो दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन १९९५ देखि जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन्।



Ads