ताजा अपडेटः

बर्दघाट अन्तराष्ट्रीय साहित्य, सस्कृति तथा पर्यटन उत्सव हुने

कल्पना खरेल
बर्दघाट अन्तराष्ट्रीय साहित्य, सस्कृति तथा पर्यटन उत्सव हुने प्रकाशित मिति: November 9th, 2024

कार्तिक २४,नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा अन्तराष्ट्रीय साहित्य, संस्कृती तथा पर्यटन उत्सव हुने भएको छ ।  पाँचौं प्राज्ञ सभालाई सम्बोधन गर्दै बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेले चैतको पहिलो हप्ता उत्सव गरीने बताउनुभयो ।
विगतका बर्षमा जस्तै यस बर्ष पनि ३ दिनको उत्सव गर्ने तयारीमा रहेको बताउदै  न्यौपानेले भन्नुभयाे  ” हामीले माघमा चित्रकला तथा नाटक प्रर्दशन , फागुनमा गजल, गीत तथा चारु लेखन, प्रशिक्षण तथा गायन र बैशाखमा साहित्यीक भ्रमण गर्ने योजनामा छौँ ।”
प्रज्ञा सभामा सदस्य सचिव शरद पौडेलले प्रतिबेदन मार्फत आर्थिक वर्षमा सम्पन्न गरिएका कार्यक्रमहरुको विवरण र अगामी योजनाहरु प्रस्तुत गर्नुभयाे । पौडेलले प्रस्तुत गर्नु भएको प्रतिबेदन अनुमोदन गर्दै सभामा सहभागी प्रज्ञा सभा सदस्यहरुले नगरको विकास र सांस्कृतिक पहिचानलाई जोड्दै नयाँ कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन ।
नगरप्रमुख श्रेष्ठले बर्दघाट प्रज्ञा प्रतिष्ठानले गतवर्ष गरेको साहित्यिक पर्यटन कार्यक्रमको प्रशंसा गर्दै नगरका विविध जातीय पर्वहरुको उत्थानमा प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताउनु भयो ।  त्यस्तै, नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नगरका जातीय भाषाहरुको संरक्षणमा प्रतिष्ठानले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिँदै सबै सदस्यहरुलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नु भयो ।




Ads