ताजा अपडेटः

११५ औं अन्तराष्ट्रिय महिला दिवसकाे अवसर पारि सुनवल नगरपालिकाद्वारा अन्तरक्रिया कार्यक्रम

कल्पना खरेल
११५ औं अन्तराष्ट्रिय महिला दिवसकाे अवसर पारि सुनवल नगरपालिकाद्वारा अन्तरक्रिया कार्यक्रम प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार २२:३०

२४ फागुन, नवलपरासी ।  आज सनिवार ११५ औं अन्तराष्ट्रिय महिला दिवसकाे अवसर पारि सुनवल नगरपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।
सुनवल नगरपालिका सामाजिक विकास समिति संयोजक भगवती बस्यालकाे अध्यक्षता एवं  नगर प्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा उक्त अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।
विभिन्न क्षेत्रमा आवद्व महिलाहरूकाे सहभागीता रहेकाे कार्यक्रममा महिलाका क्षेत्रमा स्थानीय सरकारले गरेकाे काम, उपलब्धिका विषयम महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरे र महिला अधिकारका क्षेत्रमा कानुन र संविधानमा उल्खेख भएका विषयबस्तुमा अधिवक्ता सरस्वती शर्माले सहजिकरण गर्नुभएकाे थियाे ।
कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले दृढ संकल्प सहित निरन्तर अगाडि बढे सफलता संभव रहेकाे बताउनुभयाे ।
याेगमाया काेइरालाले राणा शासनका विचमा सतिप्रथा अन्त्यका लागि उठाएका आवाज र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी लगाएतले राज्यकाे हरेक निकायमा ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित गरेकाे भन्दै सुनिश्चित गरिएका अधिकारलाई कार्यान्वयनका लागि आ-आफ्नाे क्षेत्रबाट पहल गर्न आग्रह गर्नुभयाे ।
प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलकाे स्वागत रहेकाे कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष हेमलाल शर्मा चापागाईं, राप्रपा नगर अध्यक्ष डिल कुमारी मगर, अनेम संघ नवलपरासीकाे अध्यक्ष दया दर्लामी, अनेम संघ क्रान्तिकारी नगर अध्यक्ष समीक्षा बलाल, जय दुर्गे प्रा.वि. काे प्र.अ. राधिका भट्टराई, लायन्स क्लब सुनवल अध्यक्ष लक्ष्मी तिवारी , सुनवल सामुदायिक सिकाइ केन्द्रकाे उपाध्यक्ष लिला पंगेनी , वडा नम्बर १ का महिला उद्यम केन्द्रका अध्यक्ष गाेमा आचार्य लगाएतले आ-आफ्ना भनाइ राख्नुभएकाे थियाे ।
कार्यक्रममा सुनवल नगरपालिकाका जनप्रतिनिधि तथा  वडा अर्न्तगत रहेका महिला समुह, आमा समुह, महिला सजाल, महिला कल्याण केन्द्र, महिला उद्यम केन्द्र तथा महिला सहकारी लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।




Ads