ताजा अपडेटः

धनुषामा जन्ती बोकेको जीप दुर्घटना पाँच जनाको मृत्यु ,नौ घाईते

धनुषामा जन्ती बोकेको जीप दुर्घटना पाँच जनाको मृत्यु ,नौ घाईते प्रकाशित मिति: १७ मंसिर २०७९, शनिबार ०९:३२

धनुषा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना भएको छ ।

महोत्तरीको पीपरा गाउँपालिका गम्हरियाका जन्ती बाेकेर इँटहरीबाट फर्किँदै गरेकाे बा १ ज ८२९३ नम्बरको जीप वीरेन्द्रबजारमा दुर्घटना हुँदा पाँच जनाकाे ज्यान गएकाे छ भने ९ जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा तीन जना महिला, एक जना बालक र एक जना पुरुष रहेका धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभएकाे छ ।
ज्यान गुमाउनेमा महोत्तरीको पिपरा गाउँपालिकाका ११ वर्षीय एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनियाँ तुल्सीयाहीकी ३५ वर्षीया रुविकुमारी साहबाहेक अन्यकाे परिचय खुलेको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



Ads