ताजा अपडेटः

भन्सार छली ल्याएको ५ लाख बढी मुल्य बराबरको गहुँ र चामाल बरामद

भन्सार छली ल्याएको ५ लाख बढी मुल्य बराबरको गहुँ र चामाल बरामद प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार १९:३९

 

 

 

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ चमनटोला दशगजामा गएराती अबैध रुपमा भन्सार छली ल्याईएका गहुँ र चामल बरामद गरीएकाे छ ।

अन्दाजी ८ बजे राती भारतबाट नेपाल तर्फ ल्याउंदै गरेको अन्दाजी मुल्य रु. २ लाख २३ हजार ३ सय बराबरको ७७ बाेरा गहुँ ( प्रति बाेरा ५० के.जी.) काे दरले र अन्दाजी रू. १२ हजार मुल्य बराबरको ४ बोरा चामल (प्रति बोरा ५० के.जी. ) को दरले गरी जम्मा २ लाख ३५ हजार ३ सय बराबरको गहुँ र चामल बरामद गरिएको हाे ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट सादा पोशाकमा खटि गएको प्रहरी टोली र प्रहरी चौकी गेर्मीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त टोलीले उक्त गहुँ र चामल नियन्त्रणमा लिएकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

बरामद गरीएकाे गहुँ र चामललाई आबस्यक कार्बाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको छ ।
यसैबीच आज दिउँसो ३:३० बजे पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर-५ गेर्मा स्थित ओमकार गुप्ताको मानिस नबस्ने घरमा अबैध रुपमा लुकाई छिपाई राखेको गहुँ र चामल नियन्त्रणमा लिइएको छ ।

बिशेष सूचनाको आधारमा चौकी गेर्मीबाट प्रहरी सहायक निरीक्षक खिमानन्द पराजुलीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट प्रहरी निरीक्षक हरि भट्टराईको कमाण्डमा २७ जनाको टोली खटि गई ३४ बोरा गहुँ (प्रति बोरा ५० के.जी. को दरले अन्दाजी मूल्य रु.९८ हजार ६ सय मूल्य बराबरकाे र ६४ बोरा चामल (प्रति बोरा ५० के.जी. को दरले अन्दाजी मूल्य रु. २ लाख २४ हजार गरी अन्दाजी मूल्य रु.३ लाख २२ हजार ६ सय मुल्य बराबरको गहुँ र चामल नियन्त्रणमा लिएकाे हाे ।

नियन्त्रणमा लिएकाे उक्त गहुँ र चामल आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा पठाईएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।
उक्त गहुँ र चामल कसले ल्याएको हो भन्ने बिषयमा आबस्यक थप अनुसन्धान भैरहेको समेत उहाँले बताउनुभयो ।



Ads