ताजा अपडेटः

शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. द्वारा निशुल्क आँखा शिविर सम्पन्न

शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. द्वारा निशुल्क आँखा शिविर सम्पन्न प्रकाशित मिति: १३ बैशाख २०८१, बिहीबार १९:२८


कल्पना खरेल, नवलपरासी । शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि .सुनवल ५ बनकट्टि, पश्चिम नवलपरासीमा १ दिने निशुल्क आँखा शिविर कार्यक्रम आज बिहिवार सम्पन्न भएकाे छ । शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. काे आयाेजना र नेपाल नेत्रज्याेति संघ डा. विनाेद निता कंडेल आँखा अस्पताल परासीकाे प्राविधिक सहयाेगमा उक्त आँखा शिविर सम्पन्न भएकाे हाे ।
संस्थाका अध्यक्ष गंगा बहादुर गुरूङकाे अध्यक्षता तथा सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा सम्पन्न आँखा शिविरमा सेयर सदस्य, वडाबासी र नगरबासी गरी ३ सय बढिले आँखा चेकजाँच गराएका थिए ।
संस्थाकाे सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न,अशिक्षित र स्थानीय समुदायलाई लक्षित गरी आयाेजना गरिएकाे आँखा शिविरले आँखा चेकजाचँ गर्नका लागि धाउनुपर्ने बाध्यताकाे अन्त्य गर्दै आखाँकाे समस्या पहिचान गरि निराकरण गर्ने लक्ष्य राखिएकाे संस्थाका अध्यक्ष गुरूङले बताउनुभयाे ।
साेहि क्रममा बाेल्दै नगरप्रमुख अर्यालले संस्थाले गरेकाे सामाजिक काम प्रति खुलेर प्रसंसा गर्दै स्थानीय सरकार शिक्षा , स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेकाे धारणा राख्नुभयाे । उहाँले आँखाको माेतियाबिन्दु भएकाे विरामीलाई डा. विनाेद निता कंडेल आँखा अस्पताल परासीसगँ समन्वय गरी सुनवल नगरपालिकाले निशुल्क अप्रेशनकाे व्यवस्था गरी जनमुखी काम गर्दै आएकाे समेत जानकारी दिनुभएकाे थियाे । त्यसैगरी साेहि कार्यक्रममा बाेल्दै आँखा चेक गर्न आउने आखाँका बिरामीले घर आगनमा आएकाे शिविरले सहज भएकाेले धेरै खुसी लागेकाे विचार राखेका थिए ।
शिविरमा आवश्यक ओैषधी निशुल्क वितरण गरिएकाे छ भने डा. विनाेद निता कंडेल आँखा अस्पताल परासीले आखाँका अप्रेसनका विरामीलाई रू. १५ सय छुट सहित ४ हजार ५ सय मा अप्रेसनकाे व्यवस्था गरेकाे नेपाल नेत्रज्याेति संघ डा. विनाेद निता कंडेल आँखा अस्पताल परासीकी वरिष्ठ नेत्र साहायक प्रमुख राधिका यादवले बताउनुभएकाे छ ।
उक्त शिविरमा लागि डा. विनाेद निता कंडेल आँखा अस्पताल परासीबाट ६ जनाकाे टाेलि खटिएको थियाे ।

 



Ads