ताजा अपडेटः

छैठौं मेयर कप फुटबल वडा नम्बर ६ लाई / साताै मेयरकप वडा नम्बर ४ मा हुने

छैठौं मेयर कप फुटबल वडा नम्बर ६ लाई / साताै मेयरकप वडा नम्बर ४ मा हुने प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार ०८:४८

कल्पना खरेल,नवलपरासी । छैठौं मेयरकप फुटबल प्रतियोगिताको विजेता वडा नम्बर ६ बन्न सफल भएकाे छ । वडा नम्बर १० सगँ भएकाे कडा प्रतिस्पर्धामा शुन्यका विरूद्व १ गाेल गर्दै वडा नम्बर ६ विजयी भएकाे हाे ।

खेलकाे पहिलाे हाफमा १ गाेल गर्न सफल भएकाे ६ ले खेललाई जितमा परिणत गर्न हम्मे हम्मे परेकाे थियाे भने १० काे निरन्तरकाे प्रयास सफल हुन सकेन ।


फाइनल खेलकाे म्यान अफ दि म्याच वडा नम्बर ६ का जर्सि नम्बर ९ का खेलाडी मिलन थापा मगर रहेका छन् । त्यसैगरी उत्कृष्ट गाेल रक्षक वडा नम्बर ६ का जर्सि नम्बर १६ का गाैरब गैरे, उत्कृष्ट यूवा खेलाडि जर्सि नम्बर ८ का मनिष गुरूङ, उत्कृष्ट रक्षापङ्त्ति वडा नम्बर १० का विशाल गुरूङ , सत्बाेत्कृष्ट खेलाडि वडा नम्बर १० का पूर्ण बहादुर गुरूङ ,सर्वाधिक गाेलकर्ता वडा नम्बर ३ का निखिल पुन रहेका छन् ।


साेहि क्रममा बाेल्दै नगरप्रमुख विमला अर्यालले स्वास्थकाे लागि खेलकुद र राष्ट्रकाे खेलकुदकाे नारा सहित संचालित यस फुटबल खेलले सुनवलकाे नाम जिल्लामा मात्र हाेइन राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा फैलाउन अहम भूमिका खेल्न खेलाडीलाई आग्रह गर्नुभयाे ।
साथै उहाँले अबकाे साताै मेयरकप फुटबल प्रतियोगिता वडा नम्बर ४ मा हुने घाेषणा समेत गर्नुभएकाे थियाे ।


वडा नम्बर १० गैडाखालकाे, फुटबल खेलमैदानमा जेष्ठ ६ गतेदेखि संचालित मेयरकप फुटबल प्रतियोगिताको विजेता टिम वडा नम्बर ६ ले नगद रू. १ लाख ४० हजार सगँ सिल्ड र प्रमाणपत्र र उपविजेता टिम वडा नम्बर १० ले रू ८० हजार सगँ सिल्ड र प्रमाणपत्र प्राप्त गरेकाछन्  ।


१३ वटै वडाका जनप्रतिनिधि, कार्लयपालिका सदस्य,सामुदायिक बनका प्रतिनिधि , विद्यालयका प्रतिनिधि , आमा समूहका प्रतिनिधि ,यूवा क्लबका प्रतिनिधि र स्थानियबासी लगाएत ३ हजार भन्दा बढिकाे उत्साहपूर्ण सहभागीता रहेकाे फाइनल खेलकाे नवलपरासी खबरले प्रशारण गरेकाे थियाे ।

 



Ads