ताजा अपडेटः

पश्चिम नवलपरासीमा म्यादी प्रहरीहरुको तालीम आजबाट सुरु

पश्चिम नवलपरासीमा म्यादी प्रहरीहरुको तालीम आजबाट सुरु प्रकाशित मिति: ३० आश्विन २०७९, आईतवार १८:१४

नवलपरासी।पश्चिम नवलपरासीमा म्यादी प्रहरीहरुको तालीम आजबाट सुरु भएको छ । मसिंर ४ को प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा छनौट भएका म्यादी प्रहरीहरुको तालीम शुरु भएको हो ।

तालीम जिल्ला प्रहरी कार्यालय लगायत ईलाका प्रहरी कार्यालय सुनवल, बर्दघाट, बेलाटारी र महेशपुर गरी ५ स्थानमा संचालन भैरहेको छ । तालीममा २ सय ७९ महिला र ९ सय ३७ पुरुष गरी जम्मा १ हजार २ सय १५ जना म्यादी प्रहरीहरुको सहभागीता रहेको छ । तालीम १० दिन सम्म हुने अर्थात कार्तिक ८ गते सम्म हुने जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकोे छ ।



Ads