ताजा अपडेटः

सरावल गाउँपालिकाद्वारा अनुदानमा कृषि सामाग्री हस्तान्तरण

सरावल गाउँपालिकाद्वारा अनुदानमा कृषि सामाग्री हस्तान्तरण प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार १९:५१


कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आज सनिवार अनुदानमा कृषि सामाग्री हस्तान्तरण गरेकाे छ ।
गाउँपालिकाकाे ७५ प्रतिशत अनुदान र कृषककाे ३५ प्रतिशत लगानीमा ७ वटै वडाबाट १८ जना किसानलाई कृषि सामाग्री हस्तान्तरण गरिएकाे गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभएकाे छ ।
हस्तान्तरण गरिएकाे कृषि सामाग्रीमा  ११ थान चापकटर , ८ वटा ठेला, ११ वटा बेल्चा गरि जम्मा कृषककाे लगानी सहित ५ लाख बराबरकाे कृषि सामाग्री हस्तान्तरण गरेकाे हाे ।
कृषककाे आवश्यकतालाई ध्यानमा राखी फारम भरेका मध्येबाट छनाैट गरेर सामाग्री हस्तान्तरण गरिएकाे सरावल गाउँपालिकाले जनाएकाे छ ।



Ads