ताजा अपडेटः

नवलपरासी सुनचाँदी व्यवसायी संघकाे अध्यक्षमा देवेन्द्र विक निर्वाचित

कल्पना खरेल
नवलपरासी सुनचाँदी व्यवसायी संघकाे अध्यक्षमा देवेन्द्र विक निर्वाचित प्रकाशित मिति: ६ माघ २०८२, सोमबार २०:२८

नवलपरासी ,माघ ५ गते । नवलपरासी सुनचाँदी व्यवसायी संघकाे चाैथाे अधिवेशन एवं नवाै साधारणसभा सम्पन्न भएकाे छ । आज साेमबार आदर्श मावि परासीमा सम्पन्न अधिवेशनले देवेन्द्र विककाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ ।
जसकाे उपाध्यक्षमा कुमार सुनार, महासचिवमा सुनिल कुमार वर्मा, सचिवमा रामकुमार विक, काेषाध्यक्ष मनिष सुनार, सह- काेषाध्यक्ष मिलन सुनार चयन हुनुभएकाे छ ।
त्यसैगरी अन्य सदस्यहरूमा कर्ण बहादुर विक ( गुड्डु ) , अमित वर्मा, वीर बहादुर सुनार ( बाबु ), दिपक विक, महिला सदस्य रिता बराली रहनुभएकाे छ।
अधिवेशनमा अधिवक्ता रामकृष्ण पाैडेलकाे संयाेजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिएकाे थियाे । नवनिर्वाचित कार्यसमितिलाई आजै निर्वाचन प्रमुख अधिवक्ता पाैडेलले सपथ ग्रहण गराउनुकाे साथै प्रमाणपत्र समेत वितरण गर्नुभएकाे थियाे ।
नवलपरासी सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष अर्जुन सुनारकाे अध्यक्षतामा सम्पन्न अधिवेशनमा केन्द्रीय सदस्य भीम सिंह विक, राजेन्द्र सुनार, चेतनारायण कालिराज, दिपक विक, अर्जुन सुनार लगाएतले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।




Ads