कल्पना खरेल
प्रकाशित मिति: १६ मंसिर २०८२, सोमबार १५:३० सुनवल, मंसिर १५ गते । श्री रामनगर महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्था लि. सुनवल १२ भुमही नवलपरासीको १८ ओै वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । मंसिर १३ गते सनिवार संस्थाकाे अध्यक्ष लक्ष्मीदेवी ढकालकाे अध्यक्षता एवं सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएकाे हाे ।
साधारणसभामा अध्यक्षकाे प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढकालले संस्थाकाे सेयर पुँजी रू.२३ लाख ६९ हजार , निक्षेप पुँजी रू.३;कराेड ४७ लाख २४ हजार ७३९ रहेकाे बताउनुभयाे । आर्थिक बर्ष २०८१/०८२ मा रू.४ कराेड ३७ लाख ९९ हजार १४८ बराबरकाे काराेबार रहेकाे संस्थााकाे रू.१३ लाख १४ हजार २४७ शुद्व नाफा रहेकाे समेत उहाँले बताउनुभयाे ।
साेहिँ क्रममम सचिवकाे प्रतिवेदन प्रस्तुत गर्दै सचिव अस्मिता पाैडेल पराजुलीले १७ ओै वार्षिक साधारणसभाकाे खर्च अनुमाेदनकाे लागि पेश गर्दै सेयर सदस्य संख्या ६२५ बाट वृद्धि भई ६४० पुगेकाे जानकारी गराउनुभयाे । उहाँले संस्थामा सि.सि.क्यामरा जडान देखि शेयर सदस्यलाई १२ प्रतिशतले बाेनस दिने निर्णय गरिएकाे बताउनुभयाे । साेहि क्रममा सचिव पराजुलीले आगामी आर्थिक बर्ष २०८२/०८३ काे कार्ययाेजना समेत प्रस्तुत गर्नुभएकाे थियाे ।
यसैगरी साधारणसभामा संस्थाकाे काेषाध्यक्ष शान्ता बस्याल भट्टराईले काेषाध्यक्षकाे प्रतिबेदन,लेखा समित सदस्य कल्पना भण्डारीले लेखा समितिकाे प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे ।
साेहि क्रममा बाेल्दै प्रमुख अतिथि नगरप्रमुख अर्यालले देशको तिनखम्बे निति अन्तर्गत सहकारी पनि एक रहेकाे भन्दै सहुलियत दरमा ऋण प्रभाह गरी सेयर सदस्यकाे जिवनस्तर उकास्न सहकारीकाे भूमिका महत्त्वपूर्ण रहेकाे बताउनुभयाे ।
उहाँले सहकारीहरू निक्षेप र ऋण लगानीमा मात्र सिमित नभई सेयरसदस्यलाई उद्यमसगँ जाेडी राेजगार सृजना गर्न विभिन्न किसिमका उद्यमका तालिमहरू संचालन गर्न सुझाव समेत दिनुभयाे ।
सचिव अस्मिता पाैडेल पराजुलीकाे संचालन र उपाध्यक्ष हेमा कुमारी पाण्डेकाे स्वागत रहेकाे कार्यक्रममा कार्यपालिका सदस्य भगवती बस्याल, केसरी थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।