कल्पना खरेल
प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार १७:५७ सुनवल, ५ गते । नवलपरासी साईकल राईडस क्लबका सचिव बासुदेव पाैडेलद्वारा भाेलि बैशाख ५ गते सम्पदा दिवसको अवसरमा जिल्ला स्तरीय साइकल यात्राकाे आयाेजना गरिएकाे बताउनुभएकाे छ । स्वास्थ्य र सम्पदा कायम गराै , हराभरा भन्ने मुल नारा सहित आयाेजना गरिएकाे जिल्लामै पहिलाे साइकल यात्रामा ७ वटा जिल्लाकाे सय राइडरहरूकाे सहभागीता रहने छ ।
बिहान ७ बजे सुनवल कृष्ण धामबाट सुरू हुने साइकल यात्रा बाैद्व स्तूप रामग्राम, भटाैलिया हुँदै
कन्चनकाेटी बर्दघाट लगत्तै बिचका विभिन्न सम्पदाकाे अवलोकन गर्दै बाबा बर्दगाेरियाधाम हुँदै सुनवल आउने छ ।
उक्त साइकल यात्राले जिल्ला भित्रका धार्मिक तथा सांस्कृतिक सम्पदाकाे पर्यटन प्रवद्वन गर्ने लक्ष्य राखिएकाे छ ।
त्यसैगरीयश साइकल यात्राले साइकलकाे महत्व बुझाउने, प्राकृतिक संरक्षण , डिजल र पेट्रोलियम पदार्थको प्रयाेगमा कमि गर्न थप मद्वत पुग्ने विश्वास लिइएकाे छ ।
कार्यक्रम सम्पन्न गर्न करिब ३ लाख खर्च अनुमान गरिएकाेमा सुनवल नगरपालिका , रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकाकाे केही आर्थिक सहयाेग रहेकाेमा अपुग रकम नवलपरासी साईकल राईडस क्लबका सदस्यहरूबाट उठाइने क्लबका अध्यक्ष राम बहादुर थापाले बताउनुभयाे ।
उहाँले साइकल यात्रालाई अझ व्यवस्थित र उत्साहपूर्ण बनाउन ठाउँ – ठाउँमा खेलप्रेमि दर्शककाे उपस्थिति, फुलमालाले स्वागत, साइकल यात्राीलाई ठाउँ – ठाउँमा पानी र जुस सहयाेग गर्न समेत आग्रह गर्नुभएकाे छ।
उक्त कार्यक्रम आज शुभकामना पत्रकार सम्मेलनकाे आयाेजना गरि जानकारी गराइएको थियाे ।