ताजा अपडेटः

किर्तिपुरमा जारी फुटबल खेलमा 7 स्टार FC विजयी

किर्तिपुरमा जारी फुटबल खेलमा 7 स्टार FC विजयी प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार २१:५३

कल्पना खरेल, नवलपरासी । दोस्रो स्मृति कप २०८० खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिताकाे आजकाे खेलमा 7 स्टार FC विजयी भएकाे छ । पश्चिम नवलपरासीको सुनवल-३,किर्तिपुर-२, खेलमैदानमा जारी उक्त खेलमा लुम्बिनी माविलाई पेनाल्टी सुटआउटमा हराउदै 7 स्टार FC विजयी भएकाे हाे ।


खेल अवधिभर निकैनै राेचक सगै २/२ गाेलकाे बराबरीमा प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेपछि खेल पेनाल्टी सुटआउटमा गएकाे थियाे । आजकाे खेलमा लुम्बिनी माविका जर्सि नम्बर ६९ का खेलाडि कर्मा लामा म्यान अफ द म्याच घाेषित भएका थिए ।


भाेलिकाे खेल जेनिथ युथ क्लब किर्तिपुर १ Vs BYC सुनवल ८ विच प्रतिस्पर्धात्मक खेल हुने आयाेजक टिमले जनाएकाे छ ।



Ads